पार्टीको आन्तरिक मामिला माधवकुमार नेपालनिकट मानिने पण्डित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी राजनीतिक रूपमा विभाजित भएपछि कुनै पनि समूहका नखुलेका हुन्।
पूर्व प्रधानमन्त्री नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक–पटक आग्रह गरे पनि जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको पण्डितले बताए।
“मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,” पण्डितले देखापढीसँग भने, “तर म अझै पनि नेकपा एक होस् भन्ने चाहना राखेर दुवैलाई मिलाउने प्रयास गरिरहेको छु, त्यसैले अहिले तटस्थ बसेर भूमिका खेलिरहेको छु।”
ओलीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए पनि राजनीतिक रूपमा विभाजन भएपछि भने पण्डित भने नेपाल समूह छाडेर पूरै मौन बसेका हुन्।
" /> काठमाडौँ। पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय समिति सदस्य लालबाबु पण्डित राजनीतिक रूपमा पार्टी विभाजित भए पनि कतै खुलेका छैनन्।पार्टीको आन्तरिक मामिला माधवकुमार नेपालनिकट मानिने पण्डित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी राजनीतिक रूपमा विभाजित भएपछि कुनै पनि समूहका नखुलेका हुन्।

">