काठमाडौँ। केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्डले आफुहरू असली गणतन्त्रवादी भएको जिकिर गरेका छन्।
सो समूहको काठमाडौँ स्तरका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली गणतन्त्रविरोधी भएको जनाउँदै गणतन्त्र जोगाउनका लागि आफूहरू अझै जीवित रहेको समेत जनाएका छन्।
“ओलीजी गणतन्त्रवादी नभए पनि नेपालीहरू अझै गणतन्त्रवादी छन्, गणतन्त्र जोगाउनका लागि हामी अझै जीवित छौँ,” प्रचण्डले भने। उनका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रति क्षमायाचना गरेमा अझै मिल्न सक्ने ठाउँ रहेको जनाएका छन्।
“ओलीजीले सर्वोच्च अदालतलाई भन्नुपर्छ, मैले गरेको कदम गलत भयो, मेरो पक्षमा फैसला नहोस् भनेर क्षमायाचना गरेमा अझै मिल्न सक्ने ठाउँ देखिन्छ,” प्रचण्डले भने। उक्त कार्यक्रममा प्रचण्डले जनताको बहुदलीय जनवादलाई छाडेर समाजवाद उन्मुख जनवादको सिद्धान्तमा पहिलो हस्ताक्षर गर्ने भनिए पनि अहिले झुटो कुरा बोलिरहेको प्रचण्डले आरोप लगाएका छन्।
" /> काठमाडौँ। केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्डले आफुहरू असली गणतन्त्रवादी भएको जिकिर गरेका छन्।सो समूहको काठमाडौँ स्तरका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली गणतन्त्रविरोधी भएको जनाउँदै गणतन्त्र जोगाउनका लागि आफूहरू अझै जीवित रहेको समेत जनाएका छन्।

">