प्रतिनिधिसभा विघटन सम्बन्धी सुनवाई हेर्दाहेर्दैमा, अब शुक्रवार बहस हुने
<p>काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी संवैधानिक इजालासमा सुरु भएको बहस नसकिए पछि पुनः शुक्रवारका लागि पेशी तोकिएको छ।</p>
<p>सर्वोच्च अदालतमा आज भएको सुनवाईमा संवैधानिक इजालासमा सिमित राख्ने कि बृहत इजालासमा लाने भन्ने विषयमा बहस नसकिए पछि शुक्रवारका लागि पेशी तोकिएको हो।</p>
<p>सरकारकोतर्फवाट महान्यायधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले यसलाई संवैधानिक इजालासमा नलाई एकल इजालसवाट खारेज गर्नुपर्ने तर्क गरेका थिए भने रिट निवेदकहरुले संवैधानिक इजालासवाट नभई बृहत इजालासवाट सो सबन्धी मुद्धा छिनोफानो गर्नुपर्नेमा जोड गरे पछि सुनवाई निष्कर्षमा पुग्न सकेन।</p>
<p>अन्ततः संवैधानिक इजालासले प्रतिनिधिसभा विघटन सबन्धी मुद्धालाई हेर्दाहेर्दैमा राखेर शुक्रवारका लागि पेशी तोकिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्