नेपाल-पोल्याण्ड परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न

काठमाडौं। नेपाल-पोल्याण्ड परामर्श संयन्त्रको दोस्रो बैठक आज भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको छ।

बैठकमा द्विपक्षीय सम्बन्ध र सयहोगका सबै आयामहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा दुवै पक्षले आ-आफ्नो देशको पछिल्लो विकासको बारेमा एकअर्कालाई जानकारी गराएका थिए।

दुवै पक्षले बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्नुपर्नेमा जोड दिएका थिए। द्विपक्षीय व्यापार, लगानी, प्रविधि हस्तान्तरण, पर्यटन लगायतका क्षेत्रमा आर्थिक साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा दुवै पक्ष बैठकमा सहमत भएका थिए।

पोल्याण्डमा नेपाली आप्रवासीको संख्या बढ्दै गएकोले दुई देशबीच अब साँस्कृति र शैक्षिक सहयोग र सम्भावित रोजगारीका अवसरहरुका विषयमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयको युरोप तथा अमेरिका महाशाखाका प्रमुख सहसचिव निर्मलराज काफ्लेले गरेका थिए। बैठकमा पोल्याण्डको नेतृत्व त्यहाँको विदेश मन्त्रालयको एसिया तथा प्यासेफिक निर्देशक विटोल्ड सोब्कोले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्