स्याङ्जा। कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले वैधानिकता पाउने दाबी गरेकी छिन्। बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, प्रशिक्षण तथा बैठकहरू आयोजना गर्दै आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले नै आधिरिकता पाउने दाबी गरेकी हुन्।
“संस्थापन कुन पार्टी हुन्छ? सूर्य चिह्न कुन पार्टीले पाउँछ, त्यतै लाग्ने हो भन्ने चर्चा पनि सुन्ने गरिएको छ। मुख्य पार्टीको मान्यता कसले पाउने वा सूर्य चिह्न कसले पाउँछ भन्ने कुरा छलफल गर्नुपर्छ जस्तो नै लाग्दैन,” उनले भनिन्।
पार्टीका २-४ जना नेताहरू चोइटिएर छुट्टै पार्टी बनाउन खोजेको भन्दै उनले प्रचण्ड-नेपालले पार्टीलाई विभाजित गर्ने जमर्को गरेको बताइन्। तर अहिलेसम्म कानुनी मान्यता नपाएको भन्दै त्यस कार्यको निर्णय निर्वाचन आयोगलाई नै छाड्नुपर्ने बताइन्।
केपी ओली महाधिवेशनबाट चुनिएर आएको अध्यक्ष भएको भन्दै उनले अहिले पनि ओली नै १ नम्बरको अध्यक्ष भएको बताइन्। पार्टी एकता गर्दा दुईवटा आन्दोलनलाई जोड्नका निम्ति प्रचण्डलाई २ नम्बर पार्टीको अध्यक्ष बनाएर अगाडी बढेको स्मरण गर्दै उनले प्रचण्डले पार्टी प्यालेशमा भेला गरेर माधवकुमार नेपाललाई अर्को अध्यक्ष चुनेको बताइन्।
“२ नम्बरको अध्यक्षले पार्टी प्यालेसमा बसेर भेला गरेर माधव नेपाललाई अध्यक्ष बनाएर यो दर्ता गरिदेऊ भनेर निर्वाचन आयोगमा जानुभयो,” नेता अर्यालले भनिन्, “हामी फुटेको होइन। हामी जहाँ हो, त्यही छौँ, केपी ओलीको नेतृत्वमै छौँ। यो कुरा कार्यकर्ता, सबैले बुझ्नुभएको छ।”
" /> स्याङ्जा। कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले वैधानिकता पाउने दाबी गरेकी छिन्। बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, प्रशिक्षण तथा बैठकहरू आयोजना गर्दै आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले नै आधिरिकता पाउने दाबी गरेकी हुन्।

">