काठमाडाैं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी आज ११ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन्। उनी जनवरी १६ मा भारत भ्रमण सकेर स्वदेश फर्कने छन्।
संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयमहरूमा छलफल गरिने परराष्ट्रले जनाएको छ। बैठकमा व्यापार, वाणिज्य, पारवाहन, ऊर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टीभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयहरूमा छलफल हुनेछ।
साथै, ऐतिहासिक प्रमाणका आधारमा दुई मुलुकबीच रहेकाे सीमा विवादका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएकाे छ।
नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतका उच्चस्तरीय व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाल टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्रसचिव भारतराज पौड्याल, स्वास्थ्य सचिवलगायत रहेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
" /> काठमाडाैं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी आज ११ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन्। उनी जनवरी १६ मा भारत भ्रमण सकेर स्वदेश फर्कने छन्।

">