काठमाडौं। बेल्जियममा लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले आफ्नो ओहोदाको प्रमाणपत्र बेल्जियमका राजा फिलिपसमक्ष बुझाएका छन्।
त्यहाँको राजदरबारमा बुधबार आयोजना गरिएको विशेष कार्यक्रममा राजभण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत राजभण्डारीले बेल्जियमका राजासँग शिष्टाचार भेट गरेका थिए। भेटमा राजा फिलिपले उनलाई बधाई दिंदै सफक कार्यकालको शुभकामना दिएका थिए।
भेटमा राजदूत राजभण्डारीले बेल्जियमका राजालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश सुनाएका थिए।
भेटमा दुवै जनाले नेपाल र बेल्जियमबीचको द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहयोगका विषयमा सन्तुष्टि व्यक्त गरेका थिए। आफ्नो कार्यकालमा सम्बन्धलाई थप मजबुत बनाउने धारणा भेटमा राजदूत राजभण्डारीले राखेका थिए।