काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संयुक्त संघर्ष कार्यक्रम बनाएर जाने प्रस्ताव लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन।
बुधवार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमा प्रतिनिधिसभा विघटन विरुद्ध संयुक्त संघर्ष कार्यक्रमको प्रस्ताव लिएर पुगेका नेकपाका अध्यक्ष प्रचण्ड र नेपाल निराश भएर फर्किएको भोलिपल्ट प्रचण्ड समूहले स्थायी कमिटी बैठक बोलाएर थप छलफल गर्ने भएको छ।
समूहको बैठक आज ३ बजे पेरिसडाँडामा बस्ने भएको छ। उक्त बैठकमा सभापति देउवासँग भएको भेटघाट र कुराकानीका बारेमा बिफ्रिङ गरिने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड समूहले कांग्रेस र जनता समाजवादी पार्टी नेपालसहित संयुक्त संघर्षको कार्यक्रम बनाएर जाने प्रस्ताव गरे पनि सफल भएको छैन। बुधवार साँझ सभापति देउवाले तत्काल संयुक्त संघर्षको कार्र्यक्रममा जान नसकिने जनाउँदै सर्वोच्च अदालतको आदेशको प्रतिक्षा गरिरहेको जवाफ दिएका थिए।
“प्रचण्ड र नेपालजीले प्रतिनिधिसभा विघटन प्रतिगमनको यात्रा रहेकाले संयुक्त संघर्षको कार्यक्रम बनाएर जानुपर्छ भनेर प्रस्ताव गर्नु भएको थियो,” भेटमा संलग्न रमेश लेखकले सञ्चारकर्मीसँग भने, “सभापति देउवाले सर्वोच्चमा विचाराधिन मुद्धामा आन्दोलन नगरौं। अदालतको आदेशपछि मात्रै निर्णय लिन्छौं, त्यसमा पनि कांग्रेस कसैसँग सहकार्य गरेर आन्दोलनमा जाँदैन भन्ने जवाफ दिनुभयो।”
देउवाले नेकपा अझै विभाजन भई नसकेको तर्क गर्दै विभाजनको औपचारिक घोषणा भएपछि पुर्नविचार गर्न सकिने भनेर बुढानिलकण्ठवाट प्रचण्ड रनेपाललाई एक घन्टा पनि कुरा नगरी फर्काई दिएको बताइएको छ।
सभापति देउवाले सर्वोच्च अदालतको मुद्धामा नबोल्ने र प्रतिनिधिसभा विघटनको विरोध मात्रै गर्ने रणनीति लिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन भन्दा आन्दोलनको कार्यक्रम बनाउनु पर्नेमा जोड गरे पनि देउवाले ‘सर्वोच्च अदालत भन्दा जनताको अदालत ठूलो हो। प्रतिनिधिसभा पुर्नस्थापनाको माग नगरौं’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएर निर्वाचनतर्फ होम्मिएको संकेत गरिसकेका छन्।