काठमाडौँ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल-भारत संयुक्त आयोग र सीमा विवाद छलफल गर्ने संयन्त्र फरक-फरक भएको बताएका छन्।
आज साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल-भारत सीमा विवादका विषयमा आफूलाई जानकारी भएको समेत बताए।
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत आएका छन्, के बैठकमा नेपाल-भारत सीमा विवादका विषयमा छलफल हुन्छ? भनी सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तवले भने, “हामीलाई सीमा मुद्दाका बारेमा जानकारी छ। ‘जेसीएम’ (संयुक्त आयोग) र ‘सीमा सम्बन्धी छलफल’ दुई फरक संयन्त्र हुन्।”
भोलि बिहान ११ः४५ बजे नयाँदिल्लीस्थित हैदरवाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक हुँदै छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गर्नेछन्।
संयुक्त आयोगको बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकरबीच हैदरवाद हाउसमा बिहान ११:१५ देखि ११:४५ बजेसम्म ‘वान-अन-वान’ वार्ता हुनेछ।
परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संयुक्त आयोगको बैठकमा नेपाल-भारत सीमा विवाद, खास गरी कालापानी, लिपुलेख र लिम्पियाधुराका विषयमा छलफल हुने जनाएको थियो। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला सीमा विवादका विषयमा छलफल हुने जनाएका थिए।
तर आज भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने संयुक्त आयोग र सीमाको छलफल गर्ने संयन्त्र फरक-फरक भएको बताएका हुन्।
“संयुक्त आयोगको बैठमा धेरै अजेण्डामा रचनात्मक छलफल हुनेमा हामी विश्वस्त छौँ,” प्रवक्ता श्रीवास्तवले भने।
उनले संयुक्त आयोग नेपाल र भारतबीचको एक महत्त्वपूर्ण संयन्त्र भएको बताए। यो संयन्त्रमा सबै द्विपक्षीय मुद्दाहरूमा छलफल हुने उनले जनाए। यसले सम्बन्ध विस्तार गर्न ‘राजनीतिक गाइडेन्स’ पनि प्रदान गर्ने उनले बताए।
कोरोना खोपका विषयमा उनले भारतमा भर्खर सुरु हुन लागेको जनाउँदै अन्य देशमा पठाउन समय लाग्ने जनाए।
" /> काठमाडौँ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल-भारत संयुक्त आयोग र सीमा विवाद छलफल गर्ने संयन्त्र फरक-फरक भएको बताएका छन्।आज साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल-भारत सीमा विवादका विषयमा आफूलाई जानकारी भएको समेत बताए।

">