काठमाडौं। सरकारले सबै सरकारी सेवालाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यसहित तयार पारेको ‘नागरिक एप’ सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले आज उक्त एप सार्वजनिक गरेका हुन्। एपमार्फत नागरिकले सबै सरकारी निकायका सेवाहरू लिन सकिने मन्त्री गुरूङले बताए।
‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यअनुसार तयार पारिएको नागरिक एपले भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा सरकारले लिएको छ।
सोही अवसरमा भिडिओ सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षदेखिको अनुसन्धानबाट उक्त एप तयार गरिएको जानकारी दिए।
‘‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ काम गरिरहेका छौं। नागरिक एप त्यसैको एउटा कदम हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘अब कुनै पनि सरकारी सेवा लिन कार्यालय-कार्यालयमा धाउनुपर्ने नागरिकको बाध्यता हट्नेछ।’’
हाल परीक्षणको रूपमा सार्वजनिक गरिएको एपमा चाँडै नै सबै सरकारी निकायहरूको सेवा जोडिने जानकारी दिइएको छ। एप सबै नागरिकका लागि सहज पहुँच हुने सञ्चारमन्त्री गुरूङले बताए।
" /> काठमाडौं। सरकारले सबै सरकारी सेवालाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यसहित तयार पारेको ‘नागरिक एप’ सार्वजनिक गरेको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले आज उक्त एप सार्वजनिक गरेका हुन्। एपमार्फत नागरिकले सबै सरकारी निकायका सेवाहरू लिन सकिने मन्त्री गुरूङले बताए।

">