कांग्रेसका नेता प्रकाशमान सिंह भन्छनः टुलुटुलु हेरेर बस्न सकिँदैन  <p>काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको बिषयमा टुलुटुलु हेरेर नबस्ने बताएका छन्। प्रतिनिधिसभा विघटन विरुद्ध शनिबार वसन्तपुरमा आयोजित सभामा बोल्दै उनले भनेः प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? ``मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?&nbsp;</p> <p>&nbsp;संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो।&nbsp;</p> <p>त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत&zwnj;ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्