काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले प्रतिक्रलताका बाबजुद गरेको विकास निमार्णको फेहरिस्त लिएर निर्वाचनमा जाने जनाएका छन्।
काठमाडौँमा आयोजित प्रदेश-१ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेको र त्यसअघिका सरकारले गरेका कामको तुलना गरेर निर्वाचनमा जाने घोषणा गरेका हुन्।
“प्रतिक्रलताका बाबजुद सरकारले यस तीन वर्षमा के-के काम गर्यो, पहिला के-कति काम हुन्थ्यो, अहिले के कति काम भएका छन्? त्यसको तुलना गरेर निर्वाचनमा गइन्छ,” ओलीले भने, “मेरो सरकार बनेपछि बिजुली कति पायो, त्यसअघि कति थियो देखाइन्छ, खानेपानी होस् वा स्वास्थ्य होस् अथवा शिक्षालयहरू के कति बने, त्यो सब देखाउने काम गरिन्छ।”
ओलीले भूकम्पपछि पुनर्निर्माणका काम के कति र कुन गतिमा भएका थिए, ती सबै फेहरिस्त लिएर निर्वाचनमा जाने कार्यकर्तालाई सुनाएका छन्।
" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले प्रतिक्रलताका बाबजुद गरेको विकास निमार्णको फेहरिस्त लिएर निर्वाचनमा जाने जनाएका छन्।काठमाडौँमा आयोजित प्रदेश-१ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेको र त्यसअघिका सरकारले गरेका कामको तुलना गरेर निर्वाचनमा जाने घोषणा गरेका हुन्।

">