काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुने भएको हो ।
शुक्रबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा नै निरन्तर सुनुवाई गर्ने फैसला गरेपछि आजदेखि निरन्तर सुनुवाई हुन लागेको हो ।
यसअघि २२ पुसमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले रिटमाथि बृहत इजलासमा छलफल गर्न माग गरेका थिए । सो माग संवैधानिक इजलासले अस्वीकृत गरेको छ ।
नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएको भन्दै निवेदकको माग बमोजिम बृहत् पूर्ण इजलासमा लैजानु पर्ने नदेखिएको संवैधानिक इजलासको आदेशमा उल्लेख छ ।
संविधानको धारा १३७ मा संवैधानिक इजलास सम्बन्धी व्यवस्था छ । जसमा गम्भीर संवैधानिक व्याख्या गर्ने अधिकार इजलासलाई दिएको छ ।
" /> काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनवाइ हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुने भएको हो ।

">