काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
बहसकाे सुरूमा विषयवस्तुको गम्भीरता हेरेर बाेलिदिन प्रधानन्यायाधीश राणाले कानुन व्यवसायी बहसकर्तालाई आग्रह गरेका छन्।
इजलासमा रिट निवेदकतर्फका बहस गर्दै वरिष्ठ अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीले संसद नभई संविधान नै विघटन गरेको तर्क गरेका छन् ।
उनले प्रधानमन्त्रीले संसद फेस नगरी प्रतिनिधिसभा विघटन गरेर संविधान नै मार्न खोजेको जिकिर गरे ।
शुक्रबार संवैधानिक इजलासले रिट निवेदकको माग बमोजिम बृहत इजलासमा छलफल गर्न नपर्ने आदेश दिए पनि संवैधानिक इजलासमा नै सुनुवाइ सुरु भएको हो ।
" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

">