काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दामा संवैधानिक इजलासमा बहस भइरहेको छ। आइतबार जारी बहसमा रिट निवेदनको पक्षमा कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।
सोही क्रममा अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ को उपधारा १ र उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरे।
त्यत्तिकैमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोधे- धारा ७६ (२) अनुसार गठन भएको सरकारले विघटन गर्न पाउँदैन ? भनेर प्रश्न सोधे।
'उदाहरणको लागि मात्रै हो, दुई दल मिलेर बनेको सरकारले धारा ७६ को उपधारा ७ अनुसार विघटन हुन पाउँदैन ?' प्रधानन्यायाधीशले सोधे।
श्रीमानले गरेको काल्पनिक प्रश्न भन्दै अधिवक्ता आचार्यले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने जिकिर गरे ।
प्रधानन्यायाधीशले भने, 'प्रधानमन्त्रीले नै धारा ७६ को उपधारा १ र उपधारा ७ अनुसार विघटन गरेको स्वीकार गर्नुभएको छ।'
" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दामा संवैधानिक इजलासमा बहस भइरहेको छ। आइतबार जारी बहसमा रिट निवेदनको पक्षमा कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।सोही क्रममा अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ को उपधारा १ र उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरे।

">