काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीलाई जनताले प्रधानमन्त्री नबनाएको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले ओलीलाई प्रधानमन्त्री बनाएको बताएका हुन्।
‘तपाईँलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हो भने त हाम्रा २७५ जना सांसद नै प्रधानमन्त्री हुन्थे। एउटै मात्र प्रधानमन्त्री हुन्थ्यो त? किनभने २७५ जना नै निर्वाचित भएका सांसद हुन, जनताले नै निवाचित गरेका हुन्। सबै त प्रधानमन्त्री हुँदैनन्। प्रधानमन्त्री त पार्टीले बनाएको थियो तपाईँलाई’, प्रचण्डले भने।
नेकपा सचिवालयको बहुमत, स्थायी कमिटिको बहुमत, केन्द्रीय समितिको बहुमतले अनुशासनमा राख्न नसकेर कारबाही गर्ने तयारी गरेको भेउ पाएपछि उनले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डले जनाए।
‘पार्टीप्रति बफादार भएको भए देशलाई दुर्घटनाबाट जोगाउन पार्टीभित्र छलफल किन गराउनु भएन?’, प्रचण्डले ओलीलाई भने, ‘तपाई हरेक बैठक छल्ने, नबस्ने किन गर्नुभयो। बहुमतको विधि मान्ने संसारको विधिलाई किन मान्नु भएन।’
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले गणतन्त्र माथि प्रहार गरेको आरोप उनले लगाए। प्रधानमन्त्री जस्तो जनता हसाउने मुडमा आपूm नरहेको समेत उनले बताए।
‘उहाँ (ओली)ले – ‘मैले हसाउँदा उहाँ (प्रचण्ड)लाई किन पिर प¥यो?’ भन्नु भएछ । हामी अहिले मजाक गर्ने मुडमा छैनौं। नेपाली जनताले सात दशक लामो संर्घषपछि पाएको उपलब्धि गुमाउँदा हामी हाँस्न र हँसाउन सक्दैनौं’, प्रचण्डले भने।
प्रधानमन्त्री ओलीलाई उनले सिद्धान्तहीन बुर्जुवा मार्गमा हिँडेको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीसँग साँठगाठ गरेको समेत बताए। प्रधानमन्त्री ओलीसँग आफ्नो व्यक्तिगत रिसिईबी र लेनादेना केही नभएको उनले जनाए।
प्रधानमन्त्री ओली ‘जे गर्ने त्यो नभन्ने र जे भन्ने त्यो नगर्ने’ नेता भएको उनले बताए। ‘केपी ओलीलाई हटाउने मुख्य ध्येय हाम्रो होइन। यसलाई सिद्धान्तनिष्ठ कसरी बनाउने भन्ने हाम्रो चिन्ता हो’, प्रचण्डले भने।