काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई चिरामा विभाजित भएको छ ।
प्रतिनिधिसभा विघटनको कारण देखाउँदै प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा दुई धारमा विभाजित भएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।
विभाजनपछि प्रचण्डले नेतृत्व गरेको पार्टीको असन्तुष्ट समूहले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीमाथि संविधान मिचेको, अस्थिरता निम्त्याउन खोजेको, तानासाह बन्दै गएको लगायतका दोषारोपण गर्दै आएको छ । जवाफमा प्रधानमन्त्री ओली पक्षको मूलधारले सरकारबाट भएका स्थिरताको प्रयास, विकासका योजना, लोकतन्त्र रक्षाका लागि गरिएका कामलगायतका विषयमा प्रष्ट्याउँदै प्रचण्ड समूहका आरोपको खण्डन गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाको मूलधार पछिल्लो समय प्रतिनिधिसभा विघटन गर्नुको कारण स्पष्ट पार्न जनतामाझ पुगेको छ । अर्कोतिर, प्रचण्ड समूहको नेकपा विघटनको विरोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सडक आन्दोलनमा छ ।
एक-अर्काविरुद्ध कटाक्ष गर्दै आएका दुवै समूह आफूलाई ‘चोखो’ दाबी गर्दै कार्यकर्ता र जनताको विश्वास जित्ने प्रयासमा छन् ।
विघटन भएयता विभिन्न सभा समारोहमा राजनीतिक रूपमा विभाजित भइसकेका नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्ड पक्षका नेताबीच जुहारी चल्ने गरेको छ । धेरैजसो कार्यक्रम एक-अर्कालाई कटाक्ष, व्यङ्ग्य र आरोप-प्रत्यारोपमा सिमित हुँदै आएका छन् । त्यसमा सबभन्दा अगाडि प्रधानमन्त्री ओली र प्रचण्ड नै देखिएका छन् । प्रधानमन्त्रीले प्रश्न गर्दा प्रचण्डले जवाफ फर्काउँछन् भने प्रचण्डले प्रश्न गर्दा ओलीले जवाफ फर्काउँदै आएका छन् ।
पछिल्लोपटक प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका छन् । प्रधानमन्त्रीको भनाइ खस्न नपाउँदै प्रचण्डको जवाफ आइहाल्छ । यसै गरी प्रचण्डका आरोप पनि भुइँमा खस्न नपाउँदै प्रधानमन्त्री ओलीले जवाफ फर्काउने गरेका छन् ।
प्रधानमन्त्री ओलीले सशस्त्र युद्धलाई कुहिएको फर्सीदेखि प्रचण्डलाई भगौडाको संज्ञा दिए । यी आरोपहरूको खण्डन गर्न र जवाफ फर्काउन प्रचण्ड पनि पछि हटेका छैनन् । तर, प्रधानमन्त्री ओलीको एउटा प्रश्नको भने प्रचण्डले लामो समयसम्म पनि जवाफ फर्काउन सकेका छैनन् । प्रधानमन्त्रीले दुई अंकको सिट जितेर देखाउन दिएको चुनौतीमा प्रचण्ड नाजवाफ भएका छन् वा जवाफ खोजिरहेका छन् । किन होला ?
" /> काठमाडौं । प्रतिनिधिसभा विघटनपश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई चिरामा विभाजित भएको छ ।प्रतिनिधिसभा विघटनको कारण देखाउँदै प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा दुई धारमा विभाजित भएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।

">