काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छिन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि महिला सहभागी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पहिलो चरणमा किसानको बर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने बताइन् ।
“किसानहरुको बर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ। बर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई ब्यवस्थित ढंगले अगाडि बढाउछौं । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ”, मन्त्री अर्यालले भनिन् ।
“खेति लगाउने बेलामै मलको आपुर्ति सहज बनाउन मन्त्रालयले देशभरका स्थानीय तहलाई माघ मसान्तसम्म आवश्यक पर्ने मलको माग पठाउन पत्रचार गरेको छ । अब मल अभाव नहुने गरी मन्त्रालयले योजना अगाडि बढाएको छ”, मन्त्री अर्यालले बताइन् ।