प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा विषयबाहिर बहस

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज तेस्रो दिन बहस सुरू भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो ।

सुरूवातमा रिट निवेदक अधिवक्ता शिवकुमार यादवले बहस गर्दैछन् । हिजो दुईजना अधिवक्ताले बहस गरेका थिए। अधिवक्ता यादवले संक्रणकालीन न्यायका विषयलाई पनि बहसमा उठाएका छन्।

विषयवस्तु बाहिर बहस

रिट निवेदक सन्तोष भण्डारीको तर्फबाट अधिवक्ता शेरबहादुर ढुंगाना विषयवस्तु बाहिर गएपछि इजलासले ध्यानाकर्षण गराएको छ ।

अधिवक्ता ढुंगानाले आफू उपसचिव हुँदा ८ वटा जिल्लाको जिविस प्रमुख भएर काम गरेको र ४० वर्ष निजामती सेवामा काम गरेर बहसमा आएको बताएपछि प्रधानन्यायाधीश राणाले विषयवस्तुमा मात्रै बोल्न र जन्मेदेखिको कुरा नसुनाउनुस् भन्दै ध्यानाकर्षण गराए। त्यसपछि बल्ल संविधान भन्दा माथि कोही नभएको तर्क गर्दै अधिवक्ता ढुंगानाले बहस गर्न थाले ।

प्रतिक्रिया दिनुहोस्