काठमाडौं । प्रतिनिधिसभा विघटनिवरुद्धको रिट निवेदक सन्तोष भण्डारीको तर्फबाट अधिवक्ता शेरबहादुर ढुंगाना विषयवस्तु बाहिर गएर बहस गरेपछि इजलासले ध्यानाकर्षण गराएको छ ।
अधिवक्ता ढुंगानाले आफू शाखा, उपसचिव हुँदा ८ वटा जिल्लाको जिविस प्रमुख, विभिन्न जिल्लामा सिडिओ भएर काम गरेको र ४० वर्ष निजामती सेवामा काम गरेर बहसमा आएको भनेर गफ दिन थालेपछि प्रधानन्यायाधीश राणाले विषयवस्तुमा मात्रै बोल्न र जन्मेदेखिको कुरा नसुनाउनुस् भन्दै ध्यानाकर्षण गराए।
प्रधानन्यायाधीशराणाले भने- "तपाईंआफ्नाे ईतिहास नबताउनुस्। जन्मदेखिकाे कुरा नसुनाउनुस्। विषयवस्तुमा प्रवेश गर्नुस्" । त्यसपछि बल्ल संविधान भन्दा माथि कोही नभएको तर्क गर्दै रिट निवेदनको विषयमा अधिवक्ता ढुंगानाले बहस गर्न थाले ।
बहसमा आएका अधिवक्ताहरुले लामो र विषयवस्तु केन्द्रित बहस नगर्दा सुनुवाइ लम्बिरहेको छ । प्रतिनिधिसभा विघटनबिरुद्धको रिटमा तीन दिनदेखि निरन्तर बहस चलिरहेको छ ।