काठमाडौं। प्रतिनिधिसभा निर्वाचन भएमा सभापति शेरबहादुर देउवा पुनः शक्तिशाली हुने देखिएपछि नेपाली कांग्रेसका केही नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्न जोड गरिरहेका छन् ।
फागुनमा हुने भनिएको कांग्रेसको १४औं महाधिवेशनमा सभापति र महामन्त्रीका दाबेदार मानिएका नेताहरू देउवालाई पुनः शक्तिशाली हुनबाट रोक्न निर्वाचनको सट्टा पुनर्स्थापनाको एजेन्डा लिएर आन्दोलन गर्न जोड गरिरहेका छन् ।
“सभापति देउवाले पार्टीलाई कमजोर बनाए । संसदमा उचित स्थान दिलाउन सकेनन् भन्ने आरोप लगाउँदै महाधिवेसनबाट नेतृत्वमा जाने कांग्रेसका केही शीर्ष नेताको दाउ थियो,” देउवानिकट उपसभापति विमलेन्द्र निधिले भन्दै आएका छन् ।
नेकपा विभाजन भएको अवस्थामा निर्वाचन हँदा कांग्रेस स्वतः संसदको ठूलो दल हुने र देउवाले त्यसैको जसमा महाधिवेशनबाट सभापतिमा जित्ने आकलन गरिएपछि केही नेताहरू निर्वाचन होइन, आन्दोलनमा जानुपर्छ भनेर अहिले जोड गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रस्ताव गरेअनुसार नै संयुक्त संघर्षमा जानुपर्ने भनेर सभापति देउवामाथि दबाब बढाइरहेको उपसभापति निधिको विश्लेषण छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य गगन थापालगायतका नेताले निरन्तर आन्दोलन गर्न जोड दबाब दिइरहेका छन् । ‘सर्वोच्च अदालतभन्दा जनताको अदालत ठूलो हो’ भन्दै निर्वाचनका मुडमा पुगिसकेका सभापति देउवालाई रोक्न हरसम्भव प्रयास भइरहेको बताइएको छ ।
महाधिवेशनभन्दा अगाडि निर्वाचन भएमा राजनीतिक रुपमा नेकपा विभाजन भएको फाइदा उठाउँदै देउवा शक्तिशाली हुने र महाधिवेशनपछि निर्वाचन भएमा देउवाइतरका नेताहरू शक्तिशाली हुने विश्लेषणको आधारमा देउवाको निर्वाचनमा जाने योजनामा निरन्तर अवरोध गरिरहेका छन् ।
सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई राजनीतिक रुपमा प्रभावित बनाउने उद्देश्यसहित बोल्दै आएका नेतालाई सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा नबोल्न र केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग नगर्न निर्देशनसमेत दिएका छन् ।
देउवाको यो निर्देशनले मनोवैज्ञानिक रुपमा निर्वाचनतर्फ मुड बनाइसकेको देखिन्छ । देउवानिकट नेताहरू भित्रभित्रै निर्वाचनको तयारीमा समेत लागेका छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा भएको विभाजनबाट आगामी निर्वाचनमा कांग्रेसले फाइदा उठाउने विश्वास देउवानिकट नेताहरूको रहेको छ । "नेकपालाई मत दिएका जनता अहिले पछुताएका छन्," देउवानिकट गोपालमान श्रेष्ठ भन्छन्, "अब त कांग्रेसले मत पेटिका मात्रै थाप्नुपर्छ, जनता मत दिन आतुर छन् ।"
पहिलो प्रतिनिधिसभा पुनर्स्थापना गराउन, दोस्रो पुनर्स्थापनापछि सरकार बनाउनु पर्ने अवस्थामा र तेस्रो निर्वाचनमा गएको अवस्थामा पनि कांग्रेस नै निर्णायक हुने भएकाले सर्वोच्च अदालतलाई प्रभावित हुने गरी आन्दोलन गर्न आवश्यक नभएको श्रेष्ठको भनाइ छ ।
सभापति देउवाले ‘आन्दोलन गर्नु परे कांग्रेसले एक्लै गर्छ’ भनेर प्रचण्ड–नेपाललाई फर्काएको प्रसङ्गमा श्रेष्ठले पनि छोरी जिताउन कांग्रेससँग सहकार्य गरेका प्रचण्डले धोका दिएकाले सहकार्य गर्न नसकिने बताएका छन् ।
पुनर्स्थापनाको राख्दै आन्दोलनको रटान गरिरहेपछि पौडेललाई मनाउन देउवा बोहोराटारस्थित निवास पुगेका थिए भने महामन्त्री कोइरालासँग डिनर भेट गरेका थिए । तर देउवाको प्रयास सफल भएको छैन ।
तर, महामन्त्री कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समूहसँग नभइ ओली समूहसँग नै प्रतिस्पर्धा हुने भएकाले आन्दोलन गर्न जोड गर्दै आएका छन् । ‘अबको चुनावमा प्रचण्ड–नेपाल समूहको नेकपासँग होइन, कांग्रेसको खास प्रतिस्पर्धा ओली समूहको नेकपासँग हुनेछ,’ भन्दै आएका महामन्त्री कोइरालाले प्रचण्ड–नेपालसँग मिलेर आन्दोलन गर्न जोड गर्दै आएका छन् ।
मध्यावधि निर्वाचनतर्फ जाने आफ्नो मुडलाई रोक्ने उदेश्यसहित केन्द्रीय समिति बैठकमार्फत आन्दोलनको एजेन्डा बनाउने संकेत पाएपछि सभापति देउवाले बैठकलाई माघ ६ गतेको बैठक १३ गते धकेलिदिएका छन् ।