काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा आज सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
नेपाल पुलिस क्लबका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान चार विकेट लिएपछि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ३३.१ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन बनाएको थियो ।
सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक बनाएपछि एक सय ११ रनको लक्ष्य नेपाल पुलिस क्लबले १७ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो ।
नेपाल पुलिसको यो पहिलो जित हो । समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब यसअघि पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।
दुई खेलबाट दुई अंक जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ । सुदूरपश्चिमले अंक जोड्न सकेको छैन । समूह ‘बी’मा बागमती चार अंकका साथ शीर्ष स्थानमा छ भने लुम्बिनी दोस्रो स्थानमा छ ।
दीपेन्द्रसिंहले ६.१ ओभरमा दुई मेडन राख्दै १० रन दिएर चार विकेट लिए । सागरले १० ओभरमा तीन मेडन राख्दै १८ रन दिएर चार विकेट लिए ।
सुदूरपश्चिमका लागि खडक बोहोराले ४० रन बनाए । सञ्जु धमालले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाल पुलिसका सुनिलले ५७ बलमा ६ चौका र दुई छक्कासहित ५३ रन बनाए । ४४ बलमा ९ चौका र एक छक्का प्रहार गरेका कुशल ५१ रनमा अविजित रहे ।