काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सडकमा आन्दोलन गरिरहेको नेपाली कांग्रेसले आफू निर्वाचनको पक्षमा रहेको सन्देश दिएको छ ।
आन्दोलनको बहानामा देशव्यापी रूपमा निर्वाचनको अनौपचारिक तयारी थालिसकेको कांग्रेसले आज बुधबार निर्वाचन कार्यक्रम समेट्दै जिल्ला पार्टी सभापतिहरूलाई एक निर्देशनात्मक पत्र लेखेको छ । सो पत्रअनुसार कांग्रेसले वैशाखमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको औपचारिक संकेत गरेको छ ।
प्रतिनिधिसभा विघटनपछिको अवस्थामा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने निचोड निकाल्नका लागि जारी केन्द्रीय समितिको बैठकलाई माघ ६ गते स्थगित गर्दै १३ गतेलाई सारेको कांग्रेसले बुधबार जिल्ला सभापतिहरूलाई पत्र लेखेर वर्तमान राजनीतिक अन्योलमा आफ्नो बाटो प्रष्ट्याएको हो ।
कार्यालय सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको विज्ञप्तिमार्फत् कांग्रेसले निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्कुलर जारी गरेको छ । कांग्रेसको उक्त आन्तरिक सर्कुलरमा मतदाताको नाम र विवरणमा त्रुटि भए सच्चाउनको लागि निवेदन दिनेलगायतका विषय छन् ।
“कांग्रेस आफूलाई लोकतन्त्रको मुख्य शक्ति ठान्दछ। तर पछिल्लो निर्वाचनमा दुई कम्युनिस्ट पार्टी एक भएर लड्दा कांग्रेस अनपेक्षित रुपमा खुम्चिनुपर्यो,” राजनीतिक विश्लेषक डा. विजय मिश्र भन्छन्, “त्यसैले अहिले कम्युनिस्टहरू फुटेका बेला निर्वाचनमा आफ्नो अवस्था सुधार हुने कांग्रेसको अपेक्षा छ । त्यसैले कांग्रेस आन्दोलनको बहाना गर्दै देशव्यापी चुनावी अभियानमा लागेको बुझिन्छ ।”
कांग्रेस नेता रामहरि खतिवडा कांग्रेस निर्वाचनबाट टाढा जान नसक्ने बताउँदै देशव्यापी रूपमा अभियान चलाएको स्वीकार्छन् । उनी भन्छन्, “अहिले प्रतिनिधिसभा विघटनपछि कांग्रेस गाउँगाउँसम्म पुग्नका दुई कारण छन् । कार्यकर्तालाई जागरित गराउन हामी गाउँगाउँ पुगेका हौं । सँगै प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमको विरोधमा लाग्नु पनि स्वभाविक हो । कांग्रेसको यो कदम लोकतान्त्रिक मूल्यमान्यता र संविधानको रक्षा तथा कानुनी राजका लागि हो। त्यसमा हामीले हिजो राजासँग सम्झौता गरेनौं, अहिले कम्युनिस्टसँग पनि गर्दैनौं ।”
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चलिरहेकाले कांग्रेसले अदालतको निर्णय कुरिरहेको उनको भनाइ थियो । “सर्वोच्चले निर्वाचनमा जाऊ भन्यो भने हामी जानैपर्छ । फेरी अहिले नभए पनि एक वर्षपछि त निर्वाचन भइहाल्छ,” नेता खतिवडाले भने, “त्यसैले हामीले आन्दोलनमार्फत् कार्यकर्ता र जनतालाई जागरुक गराउने अभियानलाई देशव्यापी पारेका हौं । यस क्रममा हामी सबै छ हजार सात सय ४३ वडामा पुगेर कार्यकर्तालाई जागरुक बनाउने अभियानमा छौं ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेकी थिइन । त्यसको विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा असन्तुष्ट समूहसहित अन्य राजनीतिक दलहरू सडक आन्दोलनमा छन् ।
विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र पनि निर्वाचनको विषयमा मतभेद हुँदै आएको छ । सभापति शेरबहादुर देउवासहित अधिकांश कांग्रेस नेताहरू निर्वाचनको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापासहितका नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् ।
सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धमा अदालतमा मुद्दा परेको र कांग्रेसले अदालतलाई सधै मान्दै आएको भन्दै निर्वाचनमा जुट्नुपर्ने विचार राखेका थिए । केन्द्रीय समिति बैठकमा देउवाले राखेको उक्त विचारमा पौडेल र थापालगायतका नेताहरूले आपत्ति जनाएका थिए।
कांग्रेसले प्रतिनिधिसभा विघटनको विपक्षमा पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ। पहिलो चरणमा पुस १३ गते १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो। यस्तै दोस्रो चरणमा पुस २५ गते ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ वटा स्थानीय पालिका स्तरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरिसकेको छ ।
" /> काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सडकमा आन्दोलन गरिरहेको नेपाली कांग्रेसले आफू निर्वाचनको पक्षमा रहेको सन्देश दिएको छ ।आन्दोलनको बहानामा देशव्यापी रूपमा निर्वाचनको अनौपचारिक तयारी थालिसकेको कांग्रेसले आज बुधबार निर्वाचन कार्यक्रम समेट्दै जिल्ला पार्टी सभापतिहरूलाई एक निर्देशनात्मक पत्र लेखेको छ । सो पत्रअनुसार कांग्रेसले वैशाखमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको औपचारिक संकेत गरेको छ ।

">