काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।
राष्ट्रपति भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।
नेपालको सामाजिक र आर्थिक विकासमा अमेरिकाले गरेको सहयोगको सराहाना गरेकी छन् । उनले सफल नेतृत्वका लागि बाइडेनलाई बधाई दिँदै छिट्टै कोभिड–१९ को महामारी जित्न शुभकामना समेत दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी प्रथम महिला उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयहरुमा अमेरिकी प्रशासनले देखाएको तत्परता र प्राथमिकताको समेत प्रशंसा गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्न जारी राख्ने विश्वास व्यक्त गरेका छन् । अमेरिका–नेपालबीच लामो समयदेखि रहेको मित्रताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नयाँ अमेरिकी नेतृत्वसँग द्विपक्षीय रुपमा आपसी हितका विषयमा र बहुपक्षीय रुपमा वैश्विक महत्वका एजेन्डा अघि बढाउने इच्छा व्यक्त गरेका छन् ।
उनले सहयोग, आर्थिक साझेदारी र जनता–जनताबीचको सम्पर्कले तयार पारिएको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरुमा नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादले सिनेटको अध्यक्ष समेत रहने उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । उनले ह्यारिसँग द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न र नेपालको संघीय संसद र अमेरिकी कंग्रेसबीच सहकार्य अभिवृद्धि गर्न नजिकबाट काम गर्न इच्छुक रहेको बताएका छन् ।