काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदै छ। निरन्तर बहस चलिरहेको उक्त मुद्दा बुधबार पनि 'हेर्दाहेर्दै'मा राखिएको थियो।
आज निवेदकका तर्फबाट बाँकी कानुन व्यवसायीले बहस गर्दै छन्। निवेदकको तर्फबाट बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गर्नेछन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।
बुधबार ६ जना कानुन व्यवसायीले बहस गरेका थिए। इजलासमा समयको ख्याल नगरेका कारण बुधबारदेखि एकजनालाई ३० मिनेट समवाधि तोकिएको छ।
बुधबार रिट निवेदक कञ्चनकृष्ण न्याैपानेले छिटो टुंगाउन आग्रह गर्दा न्यायाधीशहरूले तपाईंहरूले बहस छिटो सके पो हामीले छिटो गर्ने भन्ने जवाफ दिएका थिए।
प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वाेच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासाेको विषय बनेको छ। एउटै विषयमा १३ वटा निवेदन सर्वाेच्चमा छन्।
" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदै छ। निरन्तर बहस चलिरहेको उक्त मुद्दा बुधबार पनि 'हेर्दाहेर्दै'मा राखिएको थियो।आज निवेदकका तर्फबाट बाँकी कानुन व्यवसायीले बहस गर्दै छन्। निवेदकको तर्फबाट बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गर्नेछन्।

">