काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएका पुष्पकमल दाहाल प्रचण्डको परिवारवादप्रति व्यंग्य गरेका छन्।
प्रेस संगठनद्वारा काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बलिदानका लागि अरूका छोराछोरीलाई युद्धमा होम्माएको तर अवसर लिनेबेला आफ्ना छोरी ज्वाइँहरूलाई अवसर दिएको भन्दै परिवार मोहप्रति व्यंग्य गरेका हुन्।
‘‘अस्ति एकजना नेताले केपी ओलीका पो छोराछोरी छैनन्, मेरा त छोरीहरू छन्, ज्वाइँहरू छन्, छोरीलाई मेयर बनाउनुपर्यो, जनताले नदिए पनि मत च्यातेर भए पनि जिताउनुपर्यो, गाडी किन्दिनुपर्यो, ज्वाइँलाई घर त किनिदिनुपर्यो भन्नुभएछ,’’ ओलीले व्यंग्य गर्दै भने, ‘‘अहो! बाबु त यस्तो होस्, ससुरो त यस्तो पो होस्।’’ प्रचण्डले आफ्नो परिवारका लागि ज्यान दिएर हैसियत बनाएको विषयलार्ई गर्व गरेकोप्रति अचम्मित भएको ओलीले जनाएका छन्।
तर, हिजो जनयुद्ध र आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूप्रति बेवास्ता गरेको पनि आरोप लगाए। ‘‘उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरूको छोराछोरी र ज्वाइँ छन् कि छैनन्? लड्ने बेला अरूका छोराछोरी बोलाउने तर मार्ने बेलामा भने आफ्नालाई अवसर दिएको कुरामा गर्व गर्नुहुन्छ, के अरूका छोराछोरी खेलौना हुन्, पुतली हुन्?’’
ओलीले प्रचण्ड परिवारवादमा रहे पनि आफूले भने देशका सबैलाई समान व्यवहार गर्ने जनाएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएका पुष्पकमल दाहाल प्रचण्डको परिवारवादप्रति व्यंग्य गरेका छन्।प्रेस संगठनद्वारा काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बलिदानका लागि अरूका छोराछोरीलाई युद्धमा होम्माएको तर अवसर लिनेबेला आफ्ना छोरी ज्वाइँहरूलाई अवसर दिएको भन्दै परिवार मोहप्रति व्यंग्य गरेका हुन्।

">