काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजन भइसके पनि काठमाडौंवासी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्षमा रहेको बताएका छन्।
“पार्टी र देशभित्र केही समस्या देखिएका छन्। तर काठमाडौं महानगरवासी र जिल्लावासीको धारणा म राख्न चाहन्छु,” नेकपा ओलीपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै मेयर शाक्यले भने, “पार्टीको अध्यक्ष को भनेर अगुवा नेताहरूले विवाद गरिरहेका छन्। तर काठमाडौंवासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अध्यक्ष मान्छन्।”
दुई पार्टी एक हुनुअघि चुनावी तालमेल गरेर पछिल्लो आम निर्वाचनमा जाँदा तत्कालीन नेकपा एमाले र एनेकपा माओवादी केन्द्र दुवैले ओलीलाई आगामी पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको तर्क गर्दै मेयर शाक्यले सरकारको नेतृत्वमा पनि ओलीको विकल्प नरहेको दाबी गरे।
“केपी शर्मा ओलीले अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हुन्न भन्नुभएको छ। तर काठमाडौंवासी वैशाखमा हुने आगामी निर्वाचनमा पनि उहाँकै नेतृत्वमा नेकपाले बहुमत ल्याउनुपर्ने र आगामी पाँच वर्ष पनि उहाँकै नेतृत्वमा सरकार बन्नुपर्ने भनेर लागिरहेका छन्,” मेयर शाक्यले भने।
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजन भइसके पनि काठमाडौंवासी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्षमा रहेको बताएका छन्।“पार्टी र देशभित्र केही समस्या देखिएका छन्। तर काठमाडौं महानगरवासी र जिल्लावासीको धारणा म राख्न चाहन्छु,” नेकपा ओलीपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै मेयर शाक्यले भने, “पार्टीको अध्यक्ष को भनेर अगुवा नेताहरूले विवाद गरिरहेका छन्। तर काठमाडौंवासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अध्यक्ष मान्छन्।”

">