प्रचण्डपक्ष नेकपाको विरोधसभाको तयारी पूरा
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गर्ने काठमाडौंमा गर्ने विरोधसभाको तयारी पूरा भएको जनाएको छ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबारका लागि तय भएको बृहत् विरोधसभाको तयारी लगभग पूरा भएको जानकारी दिएका हुन्।

झन्डै २ लाख मानिस उपस्थित गराउने उद्देश्यसहित योजना बनाएको प्रचण्ड नेतृत्वको नेकपाले देशैभरबाट आउने प्रदर्शनकारीलाई शुक्रबार भृकुटीमण्डपमा उतार्दै छ। यसको मुख्य वक्ता रूपमा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायत नेताले बिशेष वक्ताको रुपमा सम्बोधन गर्ने भएका छन्।

उनका अनुसार सचिवालयसहित स्थायी कमिटी सदस्यको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रि–चन्द्र कलेज, वाल्मीकि क्याम्पसलगायतका स्थानबाट निस्किएर रत्नपार्कको मुख्य जुलुसमा सहभागी हुनेछन्।

रत्नपार्कबाट सुरु हुने मुख्य जुलुसलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरी रत्नपार्क, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आयोजना हुने विरोधसभामा परिणत गराउने योजना रहेको सहसंयोजक भट्टराईले जानकारी दिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरे पछि राजनीतिक रूपमा विभाजित भएका प्रचण्ड नेतृत्वको नेकपाले दोस्रोपटक काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

यसअघि गरेको प्रदर्शनमा झन्डै १० हजार जम्मा गरेको सो समुहका अध्यक्ष प्रचण्डले शुक्रबारको बृहत् विरोधसभामा २ लाख मानिस उतार्ने घोषणा गरिसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्