काठमाडौँ। नेपाली कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वटा वडाहरूमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैलाई पार्टीका सभापति शेरबहादुर देउवाले बधाइ तथा आभार व्यक्त गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त शान्तिपूर्ण आन्दोलनमा साथ दिने गाउँ, नगर वडा कार्यसमितिलगायत पार्टीका सबै तहका, भ्रातृ र शुभेच्छुक संस्थाका कार्यकर्ता तथा सामाजिक सञ्जालमार्फत् स्वतःस्फूर्त रूपमा आएका जनसमूह युवालाई विशेष धन्यवाद ज्ञापन गरेका हुन्।
“नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौँ। नेपाली कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वटा वडाहरूमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैलाई पार्टीका सभापति शेरबहादुर देउवाले बधाइ तथा आभार व्यक्त गरेका छन्।आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त शान्तिपूर्ण आन्दोलनमा साथ दिने गाउँ, नगर वडा कार्यसमितिलगायत पार्टीका सबै तहका, भ्रातृ र शुभेच्छुक संस्थाका कार्यकर्ता तथा सामाजिक सञ्जालमार्फत् स्वतःस्फूर्त रूपमा आएका जनसमूह युवालाई विशेष धन्यवाद ज्ञापन गरेका हुन्।

">