काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको असन्तुष्ट प्रचण्ड समूहले भोलि राजधानीमा गर्ने शक्ति प्रदर्शनमा तीन लाख कार्यकर्ता उतार्ने भने पनि ५० हजार पनि नपुग्ने सुरक्षा निकायको आँकलन छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहले सरकारलाई अन्तिम धक्का दिन भन्दै विशेष गरी बागमती प्रदेश, प्रदेश नं.२ र गण्डकी प्रदेशका जिल्लाहरूबाट कार्यकता काठमाडौं ल्याइरहेका छन्।
जिल्लाहरूबाट बस रिजर्भ गर्दै कार्यकर्तालाई काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याइएका कार्यकर्तालाई खान र बस्न निःशुल्क उपलब्ध गरिएको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएका प्रचण्ड समूहका एक नेताले देखापढीलाई जानकारी दिए।
प्रदेश नं. २ बाट मात्र ३० हजार कार्यकर्ता काठमाडौं ल्याउन प्रचण्डलगायतका नेताले स्थानीय नेतालाई निर्देशन दिएका थिए। प्रदेश नं. २ का प्रचण्ड समूहका एक नेताले पार्टीका शीर्ष नेताहरूको पद लोलुपताका कारण पार्टी फुटको संघारमा पुगेको जनाउँदै कार्यकता प्रदर्शनमा सहभागी हुन उत्साही नभएको जनाए।
“काठमाडौं जाउँ भन्दा उहाँहरू (कार्यकर्ता)– हामी किन जाने? आफ्नै पार्टी फुटाउन जाने हो? भनेर उल्टै हामीलाई प्रश्न गर्नुहुन्छ। कार्यकर्तामा उत्साह छैन,” प्रचण्ड समूहका प्रदेश नं.२ का एक नेताले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने।
प्रहरी उच्च स्रोतका अनुसार प्रचण्ड समूहले भोली काठमाडौंमा गर्ने प्रदर्शनमा १५ देखि ५० हजार बीचमा कार्यकर्ता भेला हुनेछन्।
“हाम्रो विभिन्न संयन्त्रबाट प्राप्त सूचनाअनुसार भोलि हुने प्रदर्शनमा १५ हजारभन्दा केही बढी नेता तथा कार्यकर्ता जम्मा हुने अनुमान छ। उहाँहरूले तीन लाख भने पनि प्रदर्शनीमा ५० हजार कट्दैनन्,” उच्च प्रहरी स्रोतले भन्यो।
प्रहरीका अनुसार प्रचण्ड समूहले राजधानी वरपरका जिल्लाबाट बढी कार्यकर्ता प्रदर्शनको लागि ल्याइरहेका छन्।
‘प्रहरीको कारणले अवस्था बिग्रन्न, संयमपूर्वक प्रस्तुत हुन्छ’
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले प्रचण्ड समूहले भोलि राजधानीमा आयोजना गर्ने प्रर्दशनमा प्रहरी संयमतापूर्वक प्रस्तुत हुने बताए।
“सकेसम्म हामी संयमित र मर्यादित भएर मानवअधिकारका आधारभूत सिद्धान्तको पालन गर्दै कानूनले निर्देशित कार्यविधि अपनाएर प्रदर्शनको व्यवस्थापन गर्नेछौं,” प्रवक्ता कुँवरले देखापढीसँग भने, “प्रहरीको कारणले अवस्था बिग्रन्न। धैर्य र संयमपूर्वक प्रहरी प्रस्तुत हुन्छ।”
भोलिको सम्भावित सुरक्षा चुनौतीको आँकलन गरी त्यस स्तरको सुरक्षा योजना बनाएको उनले बताए। सुरक्षा अवस्था मजबुत बनाउन अन्य सुरक्षा निकायसँग पनि समन्वय भइरहेको उनले जानकारी दिए।
“सुरक्षाको दृष्टिले हामीले बिभिन्न तहमा सबै व्यवस्थापन मिलाएका छौं। अनुभवी व्यावसायिक प्रहरी कमाण्डरहरूलाई सुरक्षा व्यवस्था हेर्ने व्यवस्था मिलाएका छौं,” उनले भने।
प्रचण्डले भनेजस्तो ‘ननभेज प्रदर्शन’को सम्भावन नरहेकोसमेत उनले जनाए। तर प्रचण्डको भनाइले प्रहरीलाई बढी सचेत गराउनुका साथै थप संयमित हुन र उत्तेजनामा नआउन सतर्क गराएको उनले बताए।
केही दिन अघि प्रचण्ड समूहले प्रदर्शनी मार्गमा गरेको प्रदर्शनमा १० हजारको हाराहारीमा कार्यकर्ता भेला भएको जनाउँदे उनले भोलीको प्रदर्शनमा त्योभन्दा केही बढी हुने बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको असन्तुष्ट प्रचण्ड समूहले भोलि राजधानीमा गर्ने शक्ति प्रदर्शनमा तीन लाख कार्यकर्ता उतार्ने भने पनि ५० हजार पनि नपुग्ने सुरक्षा निकायको आँकलन छ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहले सरकारलाई अन्तिम धक्का दिन भन्दै विशेष गरी बागमती प्रदेश, प्रदेश नं.२ र गण्डकी प्रदेशका जिल्लाहरूबाट कार्यकता काठमाडौं ल्याइरहेका छन्।

">