काठमाडौं। पोषण ढुंगेलको कार्यालय दरबारमार्गमा छ। जोरपाटी बसोबास गर्ने उनी बिहान पौने नौ बजे उनी प्रज्ञा भवन मोड पुगिसकेका थिए। त्यहाँबाट उनको कार्यालय मुस्किलले पाँच सय मिटरको दूरीमा छ। तर उनलाई पाँच सय मिटरको दूरी तय गर्न पौने दुई घण्टा लाग्यो।
भोटाहिटीमा रेडिमेड व्यावसाय गर्ने अर्जुन खड्कालाई कीर्तिपुरबाट त्यहाँसम्मको दूरी तय गर्न आज सवा दुई घण्टा लाग्यो। कीर्तिपुरबाट बस चढेर सधैं आधा घण्टामा भोटाहिटी आइपुग्थे खड्का। तर आज बल्खुबाट उनी चढेको बसलाई ट्राफिक प्रहरीले एकान्तकुना पठायो, तर बसले कतैबाट पनि चक्रपथ भित्र छिर्न पाएन। एकान्तकुनादेखि हिँडेरै उनले भोटाहिटीसम्मको दूरी तय गरे।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहको सडक आन्दोलनका कारण बाटोमा अलपत्र परेका नागरिकहरुका यी प्रतिनिधि पात्रमात्र हुन्। प्रचण्ड समूहले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न काठमाडौंमा कार्यकर्ताको परेड खेलाउँदा आज लाखौं सर्वसाधारणले दु:ख पाउनुपरेको छ।
"कीर्तिपुरबाट सधैं आधा घण्टामा भोटाहिटी पसल आइपुग्थेँ। तर आज बल्खुबाट सोझै छिर्न नपाउँदा एकान्तकुना पुग्दा बसमै एक घण्टाभन्दा बढी समय लाग्यो। त्यति गर्दा पनि बसलाई चक्रपथभित्र छिर्न दिइएन। कीर्तिपुरबाट भोटाहिटी हिँडेका मानिसलाई एकान्तकुनामा पुर्याएर बसले झारिदियो। त्यहाँबाट हिँडेर यहाँ आइपुग्दा समयको त बर्बाद भयो नै, थकित पनि भइयो," सटर झार्दै गरेका अर्जुनले देखापढीसँग भने, "जनताका लागि आन्दोलन गरेका रे। १० वर्ष जनताका लागि हतियार बोकेको भनेर जनताकै छोराछोरी मारे। अहिले जनताका लागि आन्दोलन भनेर जनतालाई नै दु:ख दिइरहेका छन्।"
नेकपा प्रचण्ड समूहको सड्क आन्दोलनका कारण पोषण पनि आज नियमितभन्दा एक घण्टा चाँडो कार्यालयका लागि निस्किएका थिए। "तर के गर्नु, यो देशको सडकमा पनि उनीहरुकै राज छ। सडक अवरुद्ध नगर्ने भनेर पनि केही वर्षअघि सहमति गरेका थिए क्यारे। तर आफ्नो पद र प्रतिष्ठा धरापमा परेपछि उनीहरुलाई जनताका छोराछोरीको दु:खसँग के मतलब? जनतालाई दु:ख दिएर प्रायोजित रुपमा उतारिएका कार्यकर्ताको भीड जति ठूलो भए पनि त्यसले कुनै अर्थ राख्दैन," एक वित्तीय संस्थामा कार्यरत ढुंगेलले भने।
बागबजारको एक टेलरिङ सेन्टरमा काम गर्ने बालाजुकी सुनिता महर्जन लैनचौरसम्म त बिनारोकतोक सहजै आइपुगिन्। तर त्यसपछि उनको यात्रा अचानक कष्टकर बन्यो। मुस्किलले एक किलोमिटरभन्दा पनि कम दूरी तय गर्न उनलाई एक घण्टाभन्दा बढी समय लाग्यो।
"लैनचौरबाट ट्राफिकले स्कुटर दरबारमार्गतिर मोड्न दिएन। लाजिम्पाटतिर फर्काइदियो। त्यसपछि नारायणहिटी दरबार पूरा फन्को लगाएर पुतलीसडक हुँदै यहाँसम्म आइपुग्न एक घण्टाभन्दा बढी लाग्यो," अरु बेला पाँच मिनेटमा सहजै लैनचौरबाट बागबजार पुग्ने गरेकी सुनिता भन्छिन्, "उनीहरुका राजनीतिसँग हामी सोझा जनतालाई के मतलब। सधैं जनताका लागि भन्छन्। २०४६ सालमा पनि जनताका लागि भनेका थिए। माओवादी युद्ध पनि जनताकै लागि भन्थे। ६२ सालमा पनि त्यही भने। तर जनता हामी जहाँको त्यही छौं। जनताका लागि भनेर जनतालाई दु:ख दिनेहरु अहिले महाराजा बनेका छन्। अहिले पनि आफू महाराजा बन्न नपाएर फेरि जनताका लागि भन्दै जनतालाई नै दु:ख दिने नाटक सुरु गरेका छन्। यस्ता नाटकबाट जनताले कहिले मुक्ति पाउने हुन् कुन्नि!"
" /> काठमाडौं। पोषण ढुंगेलको कार्यालय दरबारमार्गमा छ। जोरपाटी बसोबास गर्ने उनी बिहान पौने नौ बजे उनी प्रज्ञा भवन मोड पुगिसकेका थिए। त्यहाँबाट उनको कार्यालय मुस्किलले पाँच सय मिटरको दूरीमा छ। तर उनलाई पाँच सय मिटरको दूरी तय गर्न पौने दुई घण्टा लाग्यो।भोटाहिटीमा रेडिमेड व्यावसाय गर्ने अर्जुन खड्कालाई कीर्तिपुरबाट त्यहाँसम्मको दूरी तय गर्न आज सवा दुई घण्टा लाग्यो। कीर्तिपुरबाट बस चढेर सधैं आधा घण्टामा भोटाहिटी आइपुग्थे खड्का। तर आज बल्खुबाट उनी चढेको बसलाई ट्राफिक प्रहरीले एकान्तकुना पठायो, तर बसले कतैबाट पनि चक्रपथ भित्र छिर्न पाएन। एकान्तकुनादेखि हिँडेरै उनले भोटाहिटीसम्मको दूरी तय गरे।

">