काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज छैठौं दिन बहस सुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो।
सुरूआतमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस सुरू गरे। त्यसपछि अधिवक्ता कोपिलप्रसाद अधिकारीले बहस सुरू गरेका छन्। उनलाई इजलासले १० मिनेट दिँदा समय थप्न मागेका थिए।
प्रधानन्यायाधीश जबराले आफूहरूले पटकपटक भनिरहेकाले आफैं विचार गरेर छिटो टुंग्याउन आग्रह गरे। "तपाईंहरू चानचुन तीन सयजना हुनुहुन्छ। कहिलेसम्म गर्ने! तपाईंहरू विचार गर्नुस्," उनले भने।
अधिवक्ता अधिकारीले संविधानले प्रधानमन्त्रीलाई कुनै अधिकार नदिएको जिकिर गरे।
" /> काठमाडाैं। सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज छैठौं दिन बहस सुरू भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस सुरू भएको हो।

">