काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जनवरी २० बाट अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका जो बाइडेनका प्राथमिकता सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी छलफल गरेका छन्।
बेरीले राष्ट्रपति बाइडेनका शीर्ष प्राथमिकताहरूबारे बिहीबार प्रधानमन्त्री ओलीसँग भेट गरी छलफल गरेका हुन्।
“जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहन्छ,” भेटमा अमेरिकी राजदूत बेरीले राष्ट्रपति बाइडेनको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाए।
“अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौं। हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौं र विश्वसँग फेरि संलग्न हुनेछौं। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न, हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौं। हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौं।”
कोरोना खोपको परीक्षणसँगै अमेरिका सशक्त बनेको राजदूत बेरीले बताए। बाइडेनको आगमनसँगै अमेरिकाले पुनः विश्वको नेतृत्व सम्हालेको उनले जनाए।
“अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौं। हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौं र विश्वसँग फेरि संलग्न हुनेछौं। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न, हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौं। हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौं,” अमेरिकी राष्ट्रपति बाइडेनलाई उद्वृत गर्दै राजदूत बेरीले बताए।
अमेरिकी नयाँ प्रशासनले विश्वव्यापी संलग्नतामा मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई जनाए।
राष्ट्रपति बाइडेन कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने उनले बताए। त्यसका लागि राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य संगठनमा अमेरिकाको सदस्यता पुनः सुचारू गर्ने उनले जानकारी दिए।
बाइडेन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थान र मानव अधिकारको संरक्षणमा नेतृत्वदायी भूमिका खेल्ने उनले जनाए। यी विषयहरूमा नेपालसँग काम गर्न आफू उत्सुक रहेको राजदूत बेरीले बताए।
राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनःस्थापना र नेपाललगायत विश्वभरका प्रजातान्त्रिक देशहरूसँगको साझेदारी पुनर्जीवित गर्ने राजदूत बेरीले बताए।
राष्ट्रपति बाइडेन पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएको जानकारी दिँदै उनले अमेरिकालगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्ने दाबीसमेत गरे।
राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेको बताए। उनले नेपालले सुरू गर्न लागेको सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्न नेपालसँग मिलेर काम गर्न अमेरिका इच्छुक रहेकोसमेत बताए।

" /> काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जनवरी २० बाट अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका जो बाइडेनका प्राथमिकता सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी छलफल गरेका छन्।बेरीले राष्ट्रपति बाइडेनका शीर्ष प्राथमिकताहरूबारे बिहीबार प्रधानमन्त्री ओलीसँग भेट गरी छलफल गरेका हुन्।

">