काठमाडौं। प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आयोजना गरेको आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई सडकमा आउन बाध्य बनाएको बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको उपत्यका केन्द्रित आन्दोलनमा आएका आन्दोलनकारीले यस्तो बताएका हुन्।
रौतहटबाट आएका एकजना प्रदर्शनकारीले देखापढी लाइभमा बोल्दै प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा आम जनता, किसान र मजदुर सडकमा आएको बताए।
उनले भने, “हामीले पाँच वर्षको समयलाई सांसद चुनेर पठाएका थियौं। तर, विघटन भयो। संसद विघटन गरेर हामीलाई फेरि सडकमा आउन बाध्य पारियो।”
यस्तै, अर्का प्रदर्शनकारीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र त्यसको विरुद्ध सडकमा आएको बताए। उनले विघटन गरिएको प्रतिनिधिसभा बिनासर्त पुनःस्थापना गरिनुपर्ने बताए।
" /> काठमाडौं। प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आयोजना गरेको आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई सडकमा आउन बाध्य बनाएको बताएका छन्।प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको उपत्यका केन्द्रित आन्दोलनमा आएका आन्दोलनकारीले यस्तो बताएका हुन्।

">