काठमाडाैं। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
अष्टलक्ष्मी शाक्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका सांसदले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ।
नेकपाका ४५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध सांसद अरुण नेपालले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। उक्त प्रस्ताव पेश भएसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक माघ १९ सम्मका लागि स्थगित गरिदिएका छन्।