काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षसम्म पार्टी विभाजन गर्न नसकिने जनाएका छन्।
काठमाडौंमा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दलसम्बन्धी ऐनले पाँच वर्षसम्म पार्टी विभाजनमा प्रतिबन्ध लगाएको उल्लेख गर्दै ओलीले पार्टी विभाजन गर्न नसक्ने जनाएका हुन्।
“राजनीतिक दलसम्बन्धी ऐनले एकीकरण भएका पार्टीलाई पाँच वर्षसम्म विभाजन गर्न प्रतिबन्ध लगाएको छ, त्यस कारण ओलीले पाँच वर्षसम्म पार्टी विभाजन गराउन सक्दैनन्,” खनालले भने, “दलसम्बन्धी दफा ३३, ४३ र ४४ लगायत दफाले प्रतिबन्ध लगाएको भुल्न हुन्न।” पार्टी विभाजनका लागि ओलीले तत्काल नसक्ने जनाउँदै आधिकारिकताका आफनो समूहले पाउने पनि खनालले जानकारी दिएका छन्।
“यदि पार्टी विभाजन गर्ने अवस्था भए पनि ४० प्रतिशत मत संसद र पार्टी दुवैतिर हुनुपर्छ, तर हामीसँग ७० प्रतिशत मत रहेकाले उनले आधिकारिकता पाउने छैनन्,” खनालले भने, “हुन त सर्वोच्च अदालत र निर्वाचन आयोग सेटिङ गरेका छन् भन्ने सुनिन्छ, अब उनको सेटिङले केही लाग्दैन।”
उनका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुने र निर्वाचन आयोगले आफ्नो समूहलाई नै आधिकारिकता दिनेछ।
" /> काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षसम्म पार्टी विभाजन गर्न नसकिने जनाएका छन्।काठमाडौंमा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दलसम्बन्धी ऐनले पाँच वर्षसम्म पार्टी विभाजनमा प्रतिबन्ध लगाएको उल्लेख गर्दै ओलीले पार्टी विभाजन गर्न नसक्ने जनाएका हुन्।

">