काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मूलधारबाट छुट्टिएर बनेको नेकपा प्रचण्ड समूहमा लागेका वरिष्ठ नेता झलनाथ खनालले प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको संज्ञा दिएका छन्।
प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट निकालेको र अब पार्टीबाट पनि निकाल्ने बताउँदै उनले थपे, “प्रधानमन्त्रीका रूपमा आसिन केपी ओलीलाई हामीले पार्टी अध्यक्षबाट हटाइसक्यौं। पार्टीबाट निकाल्दै छौं। उनी पार्टीमा रहन लायक रहेनछन्। केपी ओली कमरेड रहेनन्। उनी विश्वासघाती रहेछन्।”
नेकपा प्रचण्ड समूहको आमसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको अनुपस्थितीमा आफ्नो ‘पार्टी’ अझ बलियो र संवृद्ध भएर गएको दाबी गरे।
“केपी ओली अरुलाई भगौडा भन्दैछन्, तर उनी भगौडा हुन्। उनी कम्युनिस्ट आन्दोलनका भगौडा हुन्। पार्टीका भगौडा हुन्। उनले पार्टी त्याग गरेका छन्। एउटा सानो गुट बनाएर पार्टीलाई चोइट्याएका छन्,” खनालले भने, “रुख पनि बडदै गएपछि बोक्राहरु फ्याँक्छ। बाँसले पनि छिप्पिदै गएपछि पट्यासहरु फ्याँक्छ। यो पार्टीभित्र गलत तत्त्वहरु बस्न सक्दैनन्। केपी ओलीले जति अपराधी काम गरे, प्रतिगामी काम गरे, प्रतिक्रान्ति गरे। त्यसका कारण पार्टीबाट भाग्नुपर्यो। तर अरुलाई भगौडा भन्न लाज लाग्दैन?”
वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए।
“प्रतिगमन नसच्चिएसम्म, केपी ओलीले घुँडा नटेकेसम्म हामीहरु कफन बाधेर सडकमा उत्रिएका छौं। अगाडि बढ्छौं,” खनालले भने, “यो पार्टी ७१ वर्षसममका हिउद र वर्षामा खारिएको पार्टी हो। क्रान्ति र प्रतिक्रान्तिका अनेकौं घुम्टीहरु पार गरेर आएको हो। सिंगो देशभरी पार्टीका शुभेच्छुक र समर्थकहरु मैदान उत्रिनुभएको छ।”
" /> काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मूलधारबाट छुट्टिएर बनेको नेकपा प्रचण्ड समूहमा लागेका वरिष्ठ नेता झलनाथ खनालले प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको संज्ञा दिएका छन्।प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट निकालेको र अब पार्टीबाट पनि निकाल्ने बताउँदै उनले थपे, “प्रधानमन्त्रीका रूपमा आसिन केपी ओलीलाई हामीले पार्टी अध्यक्षबाट हटाइसक्यौं। पार्टीबाट निकाल्दै छौं। उनी पार्टीमा रहन लायक रहेनछन्। केपी ओली कमरेड रहेनन्। उनी विश्वासघाती रहेछन्।”

">