काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरको नेपाली संस्करण भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर हिटलरको नेपाली संस्करणको सज्ञा दिएका हुन्।
“हिजो राजा र सैनिकहरुले मात्रै संवैधानिक ‘कु’ गर्छन् भन्ने सुनेको थिएँ, अहिले त निर्वाचित व्यक्तिले नै ‘कु’ गरेको छ, यो खासमा संवैधानिक ‘कु’ नै हो,” नेपालले भने, “हिटलरमा पनि निर्वाचित हुन् तर उनमा अहंकार बढ्न थाल्यो, उनको तानाशाही चरित्रका कारण विश्वमा दुई करोड मानिसले अनाहकमा ज्यान गुमाउनु पर्यो, खासमा ओलीले हिटलरका नेपाली संस्करण हुन्।”
उनका अनुसार अब नेपाली जनता ओलीको दास भएर बस्न सक्ने अवस्था छैन।
संविधानको धारा नटेकी प्रतिनिधिसभा विघटन गरेको आरोपसमेत नेपालले लगाएका छन्। “संविधानको धारामा टिक्न नसकेपछि राष्ट्रपतिलाई धारा नै उल्लेख नगरी विघटनको पत्र लेखिएको रहेछ, त्यो सर्वोच्च अदालतले नै पोल खोलिदिएको छ,” नेपालले भने, “उनले भनेअनुसार अन्तर्राष्ट्रिय अभ्यास भनिएको हो पनि ब्रिटेनमा पाँच वर्षसम्म विघटन गर्न पाइँदैन, त्यो श्रीलंकामा पनि पाइँदैन, कुन अन्तर्राष्ट्रिय अभ्यासको कुरा गरेको हो?”
बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्न नपाइने भनेर संविधानसभाको तत्कालीन समितिहरूमा छलफल भएको उल्लेख गर्दै सो रेकर्ड झिकाएर अहिले पनि प्रमाण पेश गर्न सकिने नेपालले जनाएका छन्।
" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरको नेपाली संस्करण भएको आरोप लगाएका छन् ।काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर हिटलरको नेपाली संस्करणको सज्ञा दिएका हुन्।

">