काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मूलधार छोडेर दुइमध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा लागेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली कम्युनिस्ट आन्दोलनमा छिर्नु दुर्भाग्य भएको बताएका छन् ।
प्रचण्ड समूहका अध्यक्ष घोषित नेता नेपालले आज काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टीका प्रथम अध्यक्ष ओलीले आफूलाई विधानभन्दा माथि सर्वेसर्वा ठानेको आरोप लगाए । प्रधानमन्त्री ओलीले कहिल्यै पनि नियमकानुनको पालना नगरेको आरोप लगाउँदै नेता नेपालले भने, “वास्तवमा दूर्भाग्य भनौं यस्ता मान्छे कम्युनिस्ट आन्दोलनमा छिरेछन्, पार्टीमा छिरेछन् । मसँगसँगै झण्डै ५० वर्षदेखि काम गरेका मान्छे । जहिल्यै पनि हैरान मात्र गर्ने, जहिल्यै पनि दुःख मात्र दिने । मैले थुम्थुम्याउने, मैले फकाउने मैले मिलाउने ।”
पार्टी एकतापछि कार्यकारी अध्यक्ष प्रचण्डले पनि मिलेर जान धेरै प्रयास गरेको, तर ओलीले नमानेको नेता नेपालको आरोप थियो ।
“जहिल्यै पनि बिहान बोलाएको छ, बालुवाटार हाजिरी गर्न जाने । बेलुका बोलाएको छ, बालुवाटार हाजिरी गर्न जाने । राति १० बजे बोलाएको छ, बालुवाटार जाने । हामीलाई दिक्क लाग्थ्यो । तर मिलाऔँ, सम्झाऔँ, मिलेरै जाऔँ भनेर कमरेड प्रचण्डले धेरै कोशिस गर्नुभयो,” नेता नेपालले भने, “तर उहाँको आदेश पालन नगरेसम्म नमान्ने । उहाँ आदेश पालन गर्न लगाउने । आदेश पालन नगर्दा उहाँले पार्टी सिस्टम जम्मै भत्काउने काम गर्ने चरित्रको मान्छे हुनुहुँदो रहेछ ।”
" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मूलधार छोडेर दुइमध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा लागेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली कम्युनिस्ट आन्दोलनमा छिर्नु दुर्भाग्य भएको बताएका छन् ।प्रचण्ड समूहका अध्यक्ष घोषित नेता नेपालले आज काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टीका प्रथम अध्यक्ष ओलीले आफूलाई विधानभन्दा माथि सर्वेसर्वा ठानेको आरोप लगाए । प्रधानमन्त्री ओलीले कहिल्यै पनि नियमकानुनको पालना नगरेको आरोप लगाउँदै नेता नेपालले भने, “वास्तवमा दूर्भाग्य भनौं यस्ता मान्छे कम्युनिस्ट आन्दोलनमा छिरेछन्, पार्टीमा छिरेछन् । मसँगसँगै झण्डै ५० वर्षदेखि काम गरेका मान्छे । जहिल्यै पनि हैरान मात्र गर्ने, जहिल्यै पनि दुःख मात्र दिने । मैले थुम्थुम्याउने, मैले फकाउने मैले मिलाउने ।”

">