काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक प्रदर्शनसम्म आउनुका पछाडि आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन्।
काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सुरुदेखि नै सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको भए सडकमा आउनुपर्ने अवस्था नहुने प्रचण्डले स्वीकार गरेका हुन्।
सहमति कार्यान्वयन नगर्ने लक्षण सुरुदेखि नै देखाएको तर त्यसलाई नजरअन्दाज गर्दा सडकमा आउनुपर्ने परेको प्रचण्डले जनाएका हुन्। "यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, उहाँलाई फकाइफुल्याइ गरेर, मान दिएर मात्रै बस्यौं, तर केपी प्रवृत्ति सुधार्न सकेनौं। त्यसका लागि म तपाईंहरुको अगाडि आत्माआलोचित हुन्छु," प्रचण्डले सभालाई सम्बोधन गर्दै भने, "यो देशको संविधान नमान्ने, संघीय लोकतन्त्र गणतन्त्र नमान्ने जसरी विध्वंस गर्ने ओलीलाई सच्याउन सकेनौं, तीन वर्ष अघि नै अहिलेको जस्तो गरेको भए, केपी उहिल्यै नै नांगिन्थे, त्यसमा हाम्रो कमीकमजोरी भएको छ, अब त्यस्तो भूल गर्ने छैनौं, त्यसको प्रतिबद्धता गर्दछु।"
प्रधानमन्त्री ओलीले कसैको कुरा नसुनेर अघि बढ्ने गरेको तर त्यसबाट वाक्कदिक्क भएर आफूहरु सडकमा आउनुपरेको उनको थप भनाइ छ। "अबचाँहि जनतामा जानुपर्छ भनेर तपाईंहरुलाई गुहार भन्न आएको छौं," प्रचण्डले भने, "तर यो अपार सहभागिताले के प्रमाणित गर्यो भने नेपालीहरुको विद्रोही भावना घटेको रहेनछ, यो सहभागिता यो ०६२/६३ को झल्को हुने गरी देखियो।" विगतमा गरिएका गल्ती अब भने नदोहोरिने जनाउँदै प्रचण्डले आफ्नो आन्दोलनलाई साथ दिन जनसमक्ष आग्रह गरेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक प्रदर्शनसम्म आउनुका पछाडि आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन्।काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सुरुदेखि नै सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको भए सडकमा आउनुपर्ने अवस्था नहुने प्रचण्डले स्वीकार गरेका हुन्।

">