काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि संविधानलाई कोमामा पुर्याएको आरोप लगाएका छन् ।
आज काठमाडौ आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधानलाई कोमामा पुर्याएर प्रधानमन्त्री ओली मान्छे हँसाउँदै हिँडेको बताए ।
“मान्छे मर्दा वा बिरामी हुँदा उनीहरूको घरमा पुगेर ढाडस दिने काम गरिन्छ । दुःख प्रकट गरिन्छ । तर केपी ओलीजीलाई उत्सव लागेको छ । उनी संविधानलाई आइसीयूमा राखेर हाँस्दै र हँसाउँदै हिँडेका छन् । मजाक बनाएका छन्,” उनले भने ।
“आन्दोलन भनेको जनताका लागि उत्सवजस्तै हो, आन्दोलनबाटै जनताको अधिकार आउँछ । तर केपी ओली आन्दोलनबाट भाग्नुहुन्छ । आन्दोलनविरुद्धमा बोल्दै हिँडेका छन् । यो उहाँको आन्दोलनविरोधी चरित्र हो,” उनले भने ।
“आन्दोलनका कार्यक्रममा सहभागी हुने र बोल्ने अदालतको न्यायाधीश, वकिल र कर्मचारीलाई केपी ओलीको साइबर सेनाले कारवाही गर्ने र रेकर्ड राख्ने रे ! यस्ता धम्कीबाट नडराउनुस् । म चुनौती दिन चाहन्छु – आन्दोलनमा आउनेहरूलाई छोएर मात्र देखाऊ, कारवाही मात्र गर । जनताको बलमा केपी ओलीलाई नै कारवाही गर्नेछौं र उनीहरूको संरक्षण गर्नेछौं,” उनले भने ।
सर्वोच्च अदालत र निर्वाचन आयोगलाई घुमाउरो पारामा प्रभावित गर्न खोज्दै प्रचण्डले भने, “केपी ओलीले सेटिङ मिलाएका छाैं भन्दै हिँडेका छन् । जनताको तागतले त्यो सेटिङ भत्काउँछ । तर मलाई के विश्वास छ भने अदालत र आयोगले जनतालाई साथ दिनेछन् ।”
" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि संविधानलाई कोमामा पुर्याएको आरोप लगाएका छन् ।आज काठमाडौ आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधानलाई कोमामा पुर्याएर प्रधानमन्त्री ओली मान्छे हँसाउँदै हिँडेको बताए ।

">