काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराई उपरराष्ट्रपति नन्दकिशोर पुनलाई भेट्न उनकाे निवासमा पुगेका छन्।
पछिल्लो समय राजनीतिक रुपमा कटूतापूर्ण सम्बन्ध भए पनि सरकारविरोधी आन्दोलनमा आ-आफ्नै तरिकाले सडक तताइरहेका पूर्वमाओवादीका दुई शीर्ष नेताहरु पूर्वमाओवादी कोटामै उपराष्ट्रपति भएका पुन निवास पुगेपछि माघको चिसोमा पनि अस्वाभाविक रुपमा तातेको नेपाली राजनीतिले अर्कै मोड लिने अनुमान गरिएको छ।
पछिल्लो चरणमा एकसाथसमेत नदेखिएका प्रचण्ड र भट्टराई आज अचानक उपराष्ट्रपति निवास पुग्‍नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। राजनीतिक रुपमा अत्यन्तै कटूतापूर्ण सम्बन्ध भएका प्रचण्ड र भट्टराईबीच पछिल्लो समय वाकयुद्ध चल्दै आएको थियो। भट्टराईले तत्कालीन माओवादी पार्टी त्याग गर्दा प्रचण्डले २५ वर्षदेखि बडो कष्टका साथ उनलाई भोग्दै आएको प्रतिक्रिया दिएका थिए। भट्टराईले केही दिनअघि मात्र प्रचण्डको आलोचना गर्ने क्रममा 'प्रचण्ड बिहान बोलेको कुरा बेलुकी बिर्सने खालको विश्‍वास गर्न नसकिने' नेता भएको बताएका थिए।
प्रदर्शनीमार्गमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गरीसकेपछि प्रचण्ड भट्टराईसँगै उपराष्ट्रपति निवास पुगेका हुन्। यसअघि पुस १४ गते प्रचण्ड समूहले भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको आमसभापछि पनि प्रचण्ड र भट्टराई उपराष्ट्रपति पुनलाई भेट्न पुगेका थिए।
स्रोतका अनुसार राजनीतिक रुपमा विभाजन भइसकेको नेकपाभित्र पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मुलधारमै रहने स‌ंकेत पाएपछि प्रचण्ड र भट्टराई पूर्वमाओवादीलाई एक ठाउँमा ल्याउने पहलका क्रममा उपराष्ट्रपतिकहाँ पुगेका हुन्।
पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याउन उपराष्ट्रपति पुनले पहल गरिरहेको उनी निकट नेताहरुले बताएका छन्। आज प्रचण्ड र भट्टराईले पनि उपराष्ट्रपति पुनसँग यसै सिलसिलामा छलफल गरिरहेको बुझिएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराई उपरराष्ट्रपति नन्दकिशोर पुनलाई भेट्न उनकाे निवासमा पुगेका छन्।
पछिल्लो समय राजनीतिक रुपमा कटूतापूर्ण सम्बन्ध भए पनि सरकारविरोधी आन्दोलनमा आ-आफ्नै तरिकाले सडक तताइरहेका पूर्वमाओवादीका दुई शीर्ष नेताहरु पूर्वमाओवादी कोटामै उपराष्ट्रपति भएका पुन निवास पुगेपछि माघको चिसोमा पनि अस्वाभाविक रुपमा तातेको नेपाली राजनीतिले अर्कै मोड लिने अनुमान गरिएको छ।
पछिल्लो चरणमा एकसाथसमेत नदेखिएका प्रचण्ड र भट्टराई आज अचानक उपराष्ट्रपति निवास पुग्‍नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। राजनीतिक रुपमा अत्यन्तै कटूतापूर्ण सम्बन्ध भएका प्रचण्ड र भट्टराईबीच पछिल्लो समय वाकयुद्ध चल्दै आएको थियो। भट्टराईले तत्कालीन माओवादी पार्टी त्याग गर्दा प्रचण्डले २५ वर्षदेखि बडो कष्टका साथ उनलाई भोग्दै आएको प्रतिक्रिया दिएका थिए। भट्टराईले केही दिनअघि मात्र प्रचण्डको आलोचना गर्ने क्रममा 'प्रचण्ड बिहान बोलेको कुरा बेलुकी बिर्सने खालको विश्‍वास गर्न नसकिने' नेता भएको बताएका थिए।
प्रदर्शनीमार्गमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गरीसकेपछि प्रचण्ड भट्टराईसँगै उपराष्ट्रपति निवास पुगेका हुन्। यसअघि पुस १४ गते प्रचण्ड समूहले भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको आमसभापछि पनि प्रचण्ड र भट्टराई उपराष्ट्रपति पुनलाई भेट्न पुगेका थिए।
स्रोतका अनुसार राजनीतिक रुपमा विभाजन भइसकेको नेकपाभित्र पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मुलधारमै रहने स‌ंकेत पाएपछि प्रचण्ड र भट्टराई पूर्वमाओवादीलाई एक ठाउँमा ल्याउने पहलका क्रममा उपराष्ट्रपतिकहाँ पुगेका हुन्।
पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याउन उपराष्ट्रपति पुनले पहल गरिरहेको उनी निकट नेताहरुले बताएका छन्। आज प्रचण्ड र भट्टराईले पनि उपराष्ट्रपति पुनसँग यसै सिलसिलामा छलफल गरिरहेको बुझिएको छ।
"> उपराष्ट्रपति पुन सक्रिय : प्रचण्ड र बाबुरामसँगै पूर्वमाओवादी मिलाउने कसरत: Dekhapadhi
उपराष्ट्रपति पुन सक्रिय : प्रचण्ड र बाबुरामसँगै पूर्वमाओवादी मिलाउने कसरत
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराई उपरराष्ट्रपति नन्दकिशोर पुनलाई भेट्न उनकाे निवासमा पुगेका छन्।
पछिल्लो समय राजनीतिक रुपमा कटूतापूर्ण सम्बन्ध भए पनि सरकारविरोधी आन्दोलनमा आ-आफ्नै तरिकाले सडक तताइरहेका पूर्वमाओवादीका दुई शीर्ष नेताहरु पूर्वमाओवादी कोटामै उपराष्ट्रपति भएका पुन निवास पुगेपछि माघको चिसोमा पनि अस्वाभाविक रुपमा तातेको नेपाली राजनीतिले अर्कै मोड लिने अनुमान गरिएको छ।
प्रदर्शनीमार्गमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गरीसकेपछि प्रचण्ड भट्टराईसँगै उपराष्ट्रपति निवास पुगेका हुन्। यसअघि पुस १४ गते प्रचण्ड समूहले भृकुटीमण्डपमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गरेको आमसभापछि पनि प्रचण्ड र भट्टराई उपराष्ट्रपति पुनलाई भेट्न पुगेका थिए।
पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याउन उपराष्ट्रपति पुनले पहल गरिरहेको उनी निकट नेताहरुले बताएका छन्। आज प्रचण्ड र भट्टराईले पनि उपराष्ट्रपति पुनसँग यसै सिलसिलामा छलफल गरिरहेको बुझिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्