काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा समस्या सिर्जना भएकाले शुद्धीकरण आवश्यक रहेको बताएका छन् । पेशागत महासंघ विशेष जिल्ला कमिटी काठमाडौंको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका नेता र मन्त्रीले नै असहयोग गरेको बताए ।
“मन्त्रीहरू सरकारको पक्षमा नबोल्ने, भनेको नमान्ने, गर्न पनि नजान्ने र गर्न पनि नदिने, कस्तो पीडा बोकेर सरकार चलाए होला । पार्टीको अध्यक्ष भए पनि वरिपरि तमासा थियो । म देश बनाउने कुरा गर्छु । उनीहरूलाई पद र शक्ति चाहियो भन्छन् । अनि सरकार कसरी चल्छ,” प्रधानमन्त्री ओलीले भने ।
“पार्टीमा उस्तै थियो । छेवैमा बसेको पार्टीको दोस्रो अध्यक्षले पहिलो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध सम्पूर्ण साधान स्रोत प्रयोग गर्छ । अर्को वरिष्ठ नेता पार्टीको विरोधबाहेक केही बोल्दैन । महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु । अर्को चुनावपछि प्रधानमन्त्री हुँदिन भनेर सयौंपटक भने । तर मानेनन् । पछि त के हो ? के हो ? हाताहाती चाहियो भने । उल्टै मृत्युको कामना गरे । सराप गर्ने साथीहरुसँग कसरी काम गरे होला प्रधानमन्त्रीले आफ्नो पीडा पोखे ।
प्रधानमन्त्री ओलीले भने “तीन वर्षदेखि पार्टी कसरी चलेको थियो, देख्नु भएको छ । मिडियामा नेताहरूले पार्टीको र सरकारको उछिटो काँढेर रमाए । संसारका कुनै पनि पार्टी नेकपा जस्तो चलेको थियो त ? अवश्य छैन । त्यसैले आन्दोलन र पार्टीले शुद्धीकरण खोजेको थियो र हुनै पर्छ । कुनै अन्यौल राख्नु पर्दैन,” उनले बताए ।
" /> काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा समस्या सिर्जना भएकाले शुद्धीकरण आवश्यक रहेको बताएका छन् । पेशागत महासंघ विशेष जिल्ला कमिटी काठमाडौंको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका नेता र मन्त्रीले नै असहयोग गरेको बताए ।“मन्त्रीहरू सरकारको पक्षमा नबोल्ने, भनेको नमान्ने, गर्न पनि नजान्ने र गर्न पनि नदिने, कस्तो पीडा बोकेर सरकार चलाए होला । पार्टीको अध्यक्ष भए पनि वरिपरि तमासा थियो । म देश बनाउने कुरा गर्छु । उनीहरूलाई पद र शक्ति चाहियो भन्छन् । अनि सरकार कसरी चल्छ,” प्रधानमन्त्री ओलीले भने ।

">