काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पारदर्शी नेता र संविधानको रक्षक भएको बताएका छन्।
आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गर्दै आफू पारदर्शी रहेको बताएका हुन्।
प्रचण्डको मुखले गणतन्त्रको नाम जपेपनि व्यवहारमा उनी फरक रहेको बताए । प्रचण्डलाई इङ्गीत गर्दै उनले भने- “ज्ञानेन्द्रकहाँ गएर रातिराति लुकेर कति रक्सी खानुभयो ? मेरो लुकेर जाने बानी छैन। म जे भन्छु, जे गर्छु खुला गर्छु।”
प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भनेको विषयमा आलोचना गरेपछि त्यसको जवाफमा उनले पूर्व राजा ज्ञानेन्द्रसँगको उठबसबारे प्रश्न गरेका हुन् ।
“हामी संविधानको रक्षाको आन्दोलनमा छौं । संविधान हामीले ल्यायौं । चुनाव पनि गरायौं। संविधान ल्याउन कति गाह्रो भयो,” प्रचण्डले संविधान ल्याने कार्यमा उनको भूमिका नभएको बताएपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्।
" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पारदर्शी नेता र संविधानको रक्षक भएको बताएका छन्।आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गर्दै आफू पारदर्शी रहेको बताएका हुन्।

">