काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रमा समेट्नुपर्ने विषय सुझावका रुपमा पठाउन निर्देशन दिएका छन् ।
एक परिपत्र जारी गर्दै उनलदे पार्टीका सबै तहका कमिटी, पार्टी सदस्य र शुभेच्छुक, जनसंगठन र आम जनसमुदायसँग छलफल गरेर सुझाव फागुन मसान्तसम्म पठाउन निर्देशन दिएका हुन् ।
पार्टीभित्र उत्पन्न भएको कटुतापूर्ण विवाद र अस्वस्थ अन्तरविरोध समाधान गर्ने सम्पूर्ण प्रयासहरु असफल भएकोले प्रतिनिधिसभाबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा हुने सम्भावना नरहेका कारण प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरेका छन् ।
उनले मुलुक लामो समयसम्म जनप्रतिनिधि संस्थाबिहीन अवस्थामा रहन नसक्ने भएकाले वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको र सो निर्वाचनको तयारी थाल्न पनि ओलीले पार्टीका कमिटिहरुलाई निर्देशन दिएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दलसँग परामर्श गरेर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने पत्र प्राप्त भएको जानकारी गराउँदै ओलीले माघ १५ गते देशभरिका सबै पालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशित हुने र त्यसमाथि १६, १७ र १८ गते उजरी दिने मिति निर्धारण भएको उल्लेख गरेका छन् ।
उनले पार्टी कमिटीहरुलाई यसबारेमा मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा भएका त्र्टि सच्याउन, झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नामावली हटाउन निवेदन या उजुरी दिनेजस्ता कार्यमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रमा समेट्नुपर्ने विषय सुझावका रुपमा पठाउन निर्देशन दिएका छन् ।एक परिपत्र जारी गर्दै उनलदे पार्टीका सबै तहका कमिटी, पार्टी सदस्य र शुभेच्छुक, जनसंगठन र आम जनसमुदायसँग छलफल गरेर सुझाव फागुन मसान्तसम्म पठाउन निर्देशन दिएका हुन् ।

">