काठमाडौ। ‘केपी ओलीको ‘के’ भनेको खड्ग हो।’
यो कुरा प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका एक प्रमुख वक्ताले भनेका हुन्। विरोधसभाका प्रमुख वक्ता थिए- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डका एक अध्यक्ष माधवकुमार नेपाल। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा चोइटिएको छ र त्यसको नेतृत्वमा छन्- पुष्पमकल दाहाल प्रचण्ड, उनको पछि लागेका छन् नेपाल।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘के’चाहिँ ‘खड्ग’ भएकाले संविधान, लोकतन्त्रमाथि उनले खड्ग प्रहार गरेको जिकिर गरे। उनले त्यसको व्याख्यासमेत गरेर पुष्टि गर्ने प्रयास गरे।
विशेषगरी ओलीको कार्यशैलीप्रति नकारात्मक धारणा राख्ने विश्लेषक तथा नेताहरु उनलाई केपी शर्मा ओली नभनेर खड्गप्रसाद शर्मा ओली भन्छन्। यो सम्बोधन गर्नेमा साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौला पनि अग्रपंक्तिमा पर्छन्। तर, केपी शर्मा ओली र खड्गप्रसाद शर्मा ओली एकै हुन्? के हो उनको वैधानिक नाम?
नागरिकताको प्रमाणपत्र होस् वा राहादानी अथवा मतदाता परिचयपत्र कतै पनि केपी शर्मा ओलीको नाम ‘खड्गप्रसाद ओली’ भनेर उल्लेख छैन। प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नै भएको र अर्को नाम नभएको रिमाल बताउँछन्।
देखापढीले खोज्दै जाँदा उनको नाम खड्गप्रसाद शर्मा ओली कतै पनि उल्लेख भएको पाइएन। त्यो कसैले देखाउन सकेका पनि छैनन्।
त्यसपछि हामीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सोध्यौं, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र खड्गप्रसाद ओली एकै व्यक्ति हुन्?’’
उनले जवाफ दिए, ‘‘प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नै हो, योबाहेक अर्को नाम छैन। अरु कुनै नामको सरकारी कागजात पनि छैन, त्यसैले उहाँको नाम केपी शर्मा ओली नै हो।’’

‘‘जसरी उहाँलाई माकुने भन्दा रिस उठछ, केपीजीलाई पनि खड्गप्रसाद भन्दा रिस उठ्ला भनेर उहाँले नामलाई नै बिगारेर अपमान गर्न खोज्नुभएको हो। असली नाम थाहा हुँदा-हुँदै पनि त्यसलाई बिगारेर गिज्याएका हुन्।’’
त्यसो भए, विरोधसभामा माधव नेपालले केपी ओलीको ‘के’को अर्थ खड्ग किन भने? ओलीसँग उनी विगत ५० वर्षदेखि सहकार्यमा छन्। राजनीति एउटै, सिद्धान्त उही। यति लामो यात्रामा सँगसँगै राजनीति गरेका नेपाललाई आफ्नै मित्रको वास्तविक नाम पनि किन थाहा नभएको होला?
ओलीनिकट एक नेताले भने, ‘‘जसरी उहाँलाई माकुने भन्दा रिस उठछ, केपीजीलाई पनि खड्गप्रसाद भन्दा रिस उठ्ला भनेर उहाँले नामलाई नै बिगारेर अपमान गर्न खोज्नुभएको हो। असली नाम थाहा हुँदा-हुँदै पनि त्यसलाई बिगारेर गिज्याएका हुन्।’’
उनले आधा शताब्दी संगत गरेको आफ्नै साथीको असली नामसमेत माधव नेपाललाई थाहा नहुनु विडम्बना नै भएको उनी बताउँछन्। ‘‘त्यति लामो संगत गरेको पनि भन्ने अनि खास नाम पनि नभन्ने गरेको देख्ना म अचम्मित भएको छु,’’ उनले भने।
" /> काठमाडौ। ‘केपी ओलीको ‘के’ भनेको खड्ग हो।’यो कुरा प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका एक प्रमुख वक्ताले भनेका हुन्। विरोधसभाका प्रमुख वक्ता थिए- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डका एक अध्यक्ष माधवकुमार नेपाल। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा चोइटिएको छ र त्यसको नेतृत्वमा छन्- पुष्पमकल दाहाल प्रचण्ड, उनको पछि लागेका छन् नेपाल।

">