काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ। आलोपालो पद्धतिअनुसार माधव नेपालको अध्यक्षतामा सुरू भएको बैठकमा मुख्य तीन वटा अजेन्डामा छलफल हुने बताइएको छ।
पेरिसडाँडा स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय आजकाे बैठकले गर्ने तयारी गरिएकाे छ। यसअघि तीन दिनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरणपत्रको जवाफ एक हप्ता बित्दा पनि नआएपछि साधारण सदस्यबाटै निष्कासन गर्न लागिएकाे एकजना स्थायी कमिटी सदस्यले बताए।
यस्तै माघ ९ गते काठमाडाैंमा आयाेजित जनप्रदर्शन तथा आमसभा कार्यक्रमको समीक्षा गर्ने र भावी कार्यक्रम तयार गर्ने विषयमा छलफल हुने उनले बताए।
माघ ९ गतेकाे आन्दाेलन व्यवस्थापनकाे विषयलाई लिएर पार्टीका प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै व्यक्त गरेका असन्तुष्टिकाे वियमा पनि बैठकमा समीक्षा गरिने बताइएकाे छ। प्रवक्ता श्रेष्ठले आन्दाेलनपछि असन्तुष्टि जनाउँदै विधि र पद्धतिको विषय उठाएका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहको स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ। आलोपालो पद्धतिअनुसार माधव नेपालको अध्यक्षतामा सुरू भएको बैठकमा मुख्य तीन वटा अजेन्डामा छलफल हुने बताइएको छ।पेरिसडाँडा स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय आजकाे बैठकले गर्ने तयारी गरिएकाे छ। यसअघि तीन दिनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरणपत्रको जवाफ एक हप्ता बित्दा पनि नआएपछि साधारण सदस्यबाटै निष्कासन गर्न लागिएकाे एकजना स्थायी कमिटी सदस्यले बताए।

">