काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको क्रममा सबैभन्दा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान र मानमर्दन गरेको भन्दै नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्षहरूले आज विज्ञप्ति निकालेका छन्।
पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुन व्यवसायीमाथि सत्तापक्षबाट प्रहार भएको भन्दै विराेध जनाइएकाे छ।
अदालतमा विचाराधीन मुद्दालाई प्रतिकूल असर पर्ने गरी भाषण गरेकाले गम्भीरतापूर्वक लिइएको विज्ञप्तिमा उल्लेख छ।
'एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो...' भन्ने प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति उनीहरुले विराेध जनाएका हुन्।
सार्वजनिक समारोहमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीमाथि नै धावा बोलिएकाले मूकदर्शक भएर बस्न नसकिने उनीहरुकाे भनाइ छ।
प्रधानमन्त्रीले सार्वजनिक क्षमायाचना गर्न र जवाफदेही बन्न विज्ञप्तिमार्फत माग गरिएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको क्रममा सबैभन्दा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान र मानमर्दन गरेको भन्दै नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्षहरूले आज विज्ञप्ति निकालेका छन्।पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुन व्यवसायीमाथि सत्तापक्षबाट प्रहार भएको भन्दै विराेध जनाइएकाे छ।

">