काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसलाई आड भरोसा दिने कोही छैन उनीहरूका लागि सरकार रहेको बताएका छन्।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फरक क्षमता भएका व्यक्तिहरूलाई सरकारले सहयोग गर्ने बताए।
“आज अपाङ्गता हुने, जीविका कठिन हुने, अभिभावक नहुनेहरूको सन्दर्भमा म तपाईंहरूलाई ढुक्कसँग भन्न चाहन्छु, तपाईंहरूको साथमा सरकार छ,” प्रधानमन्त्री ओलीले भने।
जनताका समस्या के छन्, ती समस्या पहिचान गर्नु र त्यसको समाधान दिनु सरकारको कर्तव्य भएको उनले बताए। अहिले समाजमा सबैभन्दा बढी समस्या शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेको उनले औंल्याए।
पहिलेभन्दा अहिले अवस्थामा भिन्नता आएको उनले बताए। कान नसुन्नेको आँखामा बढी क्षमता हुने, आँखा नदेख्नेको कानमा बढी क्षमता हुने उनले जनाए।
“विभिन्न प्रकारका समस्याहरू हुन्छन्- कसैले कान नसुन्ने, कसैले आँखा नदेख्ने, कसैको हात, खुट्टा, स्पाइनलले काम नगर्ने। कसैको अरू पनि समस्या हुन्छन्। आर्थिक अवस्था पनि कमजोर भएको भए समस्या झन् बढी हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा विशेष रूपमा हेरविचार गर्नुपर्दछ।”

“यस्ता व्यक्तिहरूलाई आवश्यक शिक्षाको प्रबन्ध, शिक्षा प्राप्त गरेपछि उसले गर्न सक्ने खालको कामअनुसारको रोजगारीका अवसर उपलब्ध गराउने कुरा, अतिकति उमेर ढल्किसकेकाले शिक्षा आर्जन गर्न नसकेको स्थिति छ भने तालिमको व्यवस्था र त्यसअनुसारका अवसर उपलब्ध गराउने कामहरू सरकारले सहयोग गर्छ,” प्रधानमन्त्री ओलीले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसलाई आड भरोसा दिने कोही छैन उनीहरूका लागि सरकार रहेको बताएका छन्।आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फरक क्षमता भएका व्यक्तिहरूलाई सरकारले सहयोग गर्ने बताए।

">