दोलखा। सरकारले आगामी वैशाखको १७ र २७ गते मध्यवधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनको तयारीमा जुटेको छ।
कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमन गर्ने काम अघि बढेको निर्वाचन कार्यालय दोलखाका प्रमुख गोमा धमालाले बताइन ।
विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र माघ १२ गते आयोजना गरेको बैठकमा सुझाव पेश गर्ने तयारी रहेको प्रमुख धमलाले बताइन।
निर्वाचन कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा माघ ७ गते सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका केही मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो ।
सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमन र सुझावअनुसार मतदानस्थल परिर्वतन वा थपघट गर्ने विषयमा निणर्य हुने कार्यालय प्रमुख धमलाले बताइन ।
उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाताको नाम वा विवरणमा भएको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका नाम सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।
निर्वाचन कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौं तहका कर्मचारी र दुई नगरपालिकाबाट छैटौं तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ ।
रासस
" /> दोलखा। सरकारले आगामी वैशाखको १७ र २७ गते मध्यवधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनको तयारीमा जुटेको छ।कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमन गर्ने काम अघि बढेको निर्वाचन कार्यालय दोलखाका प्रमुख गोमा धमालाले बताइन ।

">